कर्नाटकको उच्च अदालतले भन्यो– हिजाब अनिवार्य धार्मिक अभ्यास होइन
- चैत्र १, २०७८ मा प्रकाशित
कर्नाटक: कर्नाटकको उच्च अदालतले हिजाब एउटा अनिवार्य धार्मिक अभ्यास नभएको फैसला सुनाएको छ । कक्षा कोठामा हिजाबमाथि लगाइएको प्रतिबन्धलाई चुनौती दिँदै विद्यार्थीहरुले दायर गरेको मुद्दाको फैसलामा अदालतले हिजाब अनिवार्य धार्मिक अभ्यास नभएको जनाएको हो ।
हिजाब प्रतिबन्धविरुद्ध अदालतमा पाँच ओटा उजुरी परेका थिए । मंगलबारको फैसला विद्यार्थीहरुका लागि एउटा धक्का भएको जनाइएको छ ।
शान्ति र सुव्यवस्था कायम गर्ने भन्दै फैसलाअघि कर्नाटक राज्य सरकारले एक साताका लागि राजधानी बेंगलुरुमा ठूला जमघट गर्न प्रतिबन्ध लगाएको थियो । त्यस्तै मंगलुरु सहरले पनि १५ देखि १९ मार्चसम्म ठूला भेलामा रोक लगाएको थियो । युडुपीमा मंगलबार विद्यालय र कलेज बन्द छन् ।
हिजाब विवाद आन्दोलनमा परिणत भएको र विभिन्न खण्डका विद्यार्थीहरुबीच विवाद बढेपछि कर्नाटक उच्च न्यायालयले गत महिना हिजाब, स्कार्भलगायत धार्मिक पोसाकमा अस्थायी प्रतिबन्ध लगाएको थियो । एक दर्जन मुस्लिम विद्यार्थीसहित उजुरीकर्ताहरुले हिजाब लगाउनु भारतको संविधान र इस्लामको अनिवार्य अभ्यासअन्तर्गत सुनिश्चित गरिएको मौलिक अधिकार भएको बताएका थिए ।
एघार दिनको सुनुवाइपछि उच्च अदालतले फागुन २५ गतेका लागि फैसला तोकेको थियो । त्यसपछि सो राज्यका विभिन्न भागमा विद्यार्थी र शिक्षकहरुलाई हिजाव लगाएर विद्यालय र कलेज जान रोक लगाइएको थियो ।
शैक्षिक संस्थाहरूभित्र जाँदा विद्यार्थी र शिक्षकहरूले सार्वजनिक रूपमा हिजाब फुकालेको भिडियोले ठूलो आक्रोश पैदा गरेको थियो । त्यसपछि उच्च अदालतले अस्थायी प्रतिबन्ध शिक्षकलाई नभई विद्यार्थीलाई मात्र लागू भएको स्पष्ट पारेको थियो । -एजेन्सी
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१इटहरी बालग्राम दुर्घटना , ट्रिपरले ठक्कर दियाे , म्याजिकले किच्याे , संखुवासभाबाट श्रीमतीकाे उपचार गराउन आएका गुरूङ दम्पती इटहरीमा अस्ताए
-
ताजा मंसिर ९, २०८१माया घरको आठौँ वार्षिक साधारणसभाकाे तयारी सकीयाे : काेशीका अर्थमन्त्री मगरले उद्घाटन गर्ने, “एक इट्टा अभियान”लाई थप प्रभावकारी बनाइने
-
ताजा मंसिर ९, २०८१इटहरीकाे बालग्राममा म्याजीककाे ठक्करबाट श्रीमान श्रीमतीकाे मृत्यु
-
ताजा मंसिर ९, २०८१रवि लामिछानेलाई म्याद थपकालागि अदालत उपस्थित गराइँदै
-
ताजा मंसिर ९, २०८१पूर्व राज्यमन्त्री पदम राईको निधन
Comments