
विवादमा तानिए पवनदीप र अरुणिता
- फाल्गुन २९, २०७८ मा प्रकाशित
काठमाडौं: भारतीय गायन रियालिटी शो ‘इण्डियन आइडल १२’ फेम गायक पवनदीप राजन र अरुणिता काजीलालको जोडीलाई दर्शकले निकै मन पराएका छन् । ‘इण्डियन आइडल-१२’ सकिएको महिनौं बित्दा पनि उनीहरुको लोकप्रियता कम भएकाे छैन । यही जोडी अहिले कानुनी विवादमा तानिएर चर्चामा छन् ।
दुवैमाथि सम्झौतापछि म्यूजिक एलबम सुट र त्यसको प्रोमोसन नगरेको आरोप लागेको छ । म्यूजिक एलबमको सुटिङ अक्टोपस इन्टरटेनमेन्टले गर्न लागेको थियो । जसका लागि अक्टोपसले सोनी टेलिभिजनसँग एक सम्झौता गरेको थियो ।
यो सम्झौता अनुसार पवनदीप र अरुणिताले एल्बमका लागि २० गीतको सुटिङ गर्नुपर्ने थियो । तर उनीहरुले एक गीतको सुटिङ गर्न अस्वीकार गरे । सोनी टेलिभिजनले पवनदीप र अरुणिता ‘इण्डियन आइडल’मा प्रतिष्पर्धा गरिरहँदा यो सम्झौता गरेको थियो ।
यो सम्झौताको बेला गरिएको पत्रकार सम्मेलनमा आयोजकले निकै पैसा खर्च गरेका थिए । पैसा, समय र प्रतिबद्धता गरे पनि पवनदीप र अरुणिताले गीतको सुटिङ रोकेका थिए ।
सोनी टेलिभिजनले यो मामलामा कुनै पनि प्रकारको एक्सन लिन लागेको खबर गलत भएको जनाएको छ । यो विषयमा पवनदीप र अरुणिताको कुनै प्रतिक्रिया आइसकेको छैन । हाल यो जोडी अमेरिकामा गीतको सुटिङ गरिरहेकाे छ । -एजेन्सी

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments