
विद्यार्थी मृत्यु प्रकरण : तीन जनाविरुद्ध कर्तव्य ज्यान मुद्धाको किटानी जाहेरी
- फाल्गुन २८, २०७८ मा प्रकाशित
लमजुङ: मस्र्याङ्दी नदीमा पौडी खेल्ने क्रममा विद्यार्थीको मृत्यु भएको विषयलाई लिएर पीडित परिवारले तीन जनाविरुद्ध कर्तव्य ज्यान मुद्धाको किटानी दिएका छन् । तनहुँको भानु नगरपालिका ९ बाइसजाँगरका पीडित परिवारले लमजुङको सुन्दरबजार नगरपालिका ९ सिउँडीबारस्थित फ्युचरस्टार आवासीय माविका सञ्चालक बाबुराम पौडेल, शिक्षक सरोज ओलिया र शिक्षक तीर्थ सेढाईंविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्धामा जाहेरी दिएका हुन् ।
लमजुङका प्रहरी प्रमुख डीएसपी कृष्णबहादुर कार्कीले पीडित परिवारको मागबमोजिम किटानी जाहेरी लिएर अनुसन्धान अघि बढाएको बताए । कार्कीअनुसार किटानी जाहेरी परेका ३ जनालाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ । लमजुङको सुन्दरबजार नगरपालिका ९ सिउँडीबारस्थित फ्युचरस्टारमा कक्षा १० मा अध्ययनरत १८ वर्षीय सनिज श्रेष्ठको पौडी खेल्ने क्रममा मंगलबार मस्र्याङ्दी नदीमा डुबेर मृत्यु भएको थियो ।
होस्टेलमा बस्दै आएका सनिजलाई बोलाएर होस्टेल शिक्षकले पौडी खेल्न लगेको, र होस्टेलमा बसेका छोरालाई पौडी खेल्न जान स्कुल सञ्चालकले स्वीकृति दिएको पीडित परिवारले आरोप लगाएका छन् । बुधबारको सहमतिअनुसार प्रहरीले जाहेरी नलिएको भन्दै बिहीबार साँझदेखि उनीहरुले अनिश्चितकालीन बन्दको घोषणा गर्दै तनहुँको बाइसजाँगरमा बेंसीसहर–डुम्रे सडक अवरुद्ध गरेका थिए । शुक्रबार प्रहरीले जाहेरी लिएपछि पिडितले जिल्ला अस्पतालमा राखेको शव बुझेर आन्दोलन पनि फिर्ता लिएको पिडितका आफन्त गणेश श्रेष्ठले बताए ।
गत मंगलबार दिउँसो भएको घटनालाई लिएर आक्रोशित बाइसजाँगरका स्थानीयले विद्यालयको गेट, स्कुल बस र भ्यानमा तोडफोड गरेका थिए । विद्यालयको लापर्वाहीका कारण विद्यार्थीको मृत्यु भएको भन्दै मंगलबार बाइसजाागरका स्थानीय तोडफोडमा उत्रिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास, हवाईफायर र लाठी चार्ज गरेको थियो । स्थानीयले प्रदर्शन चर्काउने सूचना पाएपछि अप्रिय घटना हुन नदिने भन्दै जिल्ला प्रशासन कार्यालय लमजुङले बुधबार बिहान ६ बजेदेखि राति ९ बजेसम्म स्कुल भएको सिउँडीबार क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments