
मेलम्ची–पाँचपोखरीको सडक खण्डको बिजोग, हिउँदमा धुलाम्मे वर्षामा चल्दैनन् साधन
- फाल्गुन २८, २०७८ मा प्रकाशित
सिन्धुपाल्चोक: मेलम्ची हुँदै पाँचपोखरी थाङपाल गाउँपालिकाको केन्द्र यात्रा गर्ने जो कोही बाटोका कारण दिक्क मान्छन् । पाँचपोखरी गाउँपालिकाको माथिल्लो बस्तीमा पुग्दा जति आन्नन्द मिल्छ सडककै कारण उक्त स्थानमा पुग्न सास्ती खेप्नुपर्छ ।
भोताङका दलु पाख्रिन ट्रिपर चालक हुन् । उनी नियमित रुपमा उक्त सडकखण्ड जोखिम मोलेर यात्रा गर्छन् । बाटोको कारण खर्च बढ्नुका साथै सवारी बिग्रने समस्या हुने उनी बताउँछन् ।
मेलम्ची बजार पार गरेर खाल्डे खोला (पाँचपोखरी थाङपाल गाउँपालिकाको सिमाना ) सम्मको बाटोमा यात्रा गर्दा एक ट्रिप सामान लैजादा दुई ट्रिपको खर्च निस्कने उनी बताउँछन् । खाल्डाखुल्डीका कारण हरेक साधनको पत्ता जानेदेखि टुटफुट हुँदा व्यवसायी मर्कामा छन् ।
मेलम्ची , खाल्डे हुँदै तिपेनी सम्मको सडकमा साधन चलाउँदा दुर्घटनाको जोखिम र सास्ती भएको लागर्चेका स्थानीय सरोज धिताल बताउँछन् । ‘सजिलो हुने हो भने ३० मिनेटमा मेलम्चीबाट पाँचपोखरीको सिमासम्म पुग्न सकिन्छ,’ उनले भने, ‘तर दुई घण्टा बढी समय लाग्छ । त्रसित भएर यात्रा गर्नुपर्छ ।’
साघुरो सडक त्यसैमाथि पहिरो र बाढीले छिया–छिया बनाएकाले सवारी सञ्चालन गर्न समस्या हुने गरेको चालकहरु बताउँछन् । दुर्घटनाको जोखिम घटाउन पहिरो नियन्त्रण र सडक स्तरोन्निति गर्नुपर्ने स्थानीय बताउँछन् ।
वर्षातको समयमा त उक्त सडकखण्ड सवारी चल्न सक्ने अवस्थामा नै हुँदैनन् । जसका कारण बिरामीलाई उपचारका लागि लैजानसमेत हेलिकोप्टरको प्रयोग गर्नुपर्ने अवस्था रहेको स्थानीय बताउँछन् ।
पाँचपोखरी थाङपाल गाउँपालिकाको सीमानासम्म रहेको मेलम्ची नगरपालिका भित्र पर्ने ६ किलोमिटर सडकमा खाल्डाखुल्डी छ ।
२०७४ सालमा जनप्रतिनिधि आएपछि ४ किलोमिटर सडकको मेलम्ची नगरपालिकाले डिपिआर गरेर लगानी ब्यहोर्ने र थप सडक विभागले टेण्डर गर्ने सहमति बनेको थियो ।
तर, ५ वर्षको कार्यकाल पूरा हुँदै गर्दा मेलम्ची नगरपालिकाले सडकको टेन्डर गरेको छैन । मेलम्चीका मेयर डम्बर अर्यालले नागरिकको समस्यालाई वेवास्ता गरेको स्थानीयहरुले आरोप लगाउने गरेका छन् ।
मेलम्चीको सीमा काटेपछि भोग्नुपर्ने सास्ती पाँचपोखरीको सिमा सुरुभएपछि कम हुन्छ । १० किलोमिटर पाँचपोखरी सडक कालोपत्रे गर्ने गरी सडक विभागले टेण्डर निकालेको छ ।
सडकको काम अगाडि बढिरहँदा गत असार १ मा इन्द्रावती/ मेलम्ची नदीमा आएको बाढीका कारण समस्या उत्पन्न भएको छ । बाढी र पहिरोका कारण सडक जोखिममा परेको छ ।
उत्तरी भेगमा चौतारा सांगाचोकगढी नगरपालिकाले र दक्षिणी भेगमा मेलम्ची नगरपालिकाले पाँचपोखरी सीमा जोड्ने सडक ब्यवस्थित नगरिदिँदा यो भेगका नागरिकले सास्ती खेप्दै आएका छन् ।
पाँचपोखरी थाङपालका स्थानीय वर्षात् सुरु हुनुभन्दा अघिबाटै सडक अवरुद्ध हुने कुराले चिन्तामा छन् । पाँचपोखरी थाङपाल गाउँपालिकासँग बैकल्पिक सडक नहुँदा वर्षातको समयमा थुप्रै चुनौती खेप्नुपर्छ । पानी पर्न थालेसँगै सडकमार्ग प्रयोग गरेर मेलम्ची पुग्न सकिने अवस्था हुँदैन । चनौटे पुल पुग्ने सडक मार्गनै यतिबेला ध्वस्त छ ।
पाँचपोखरी थाङपाल गाँउपालिका अध्यक्ष टासी लामा चौतारा सांगाचोकगढी नगरपालिकाले गोब्रेको सिमानासम्म स्तरउन्नती गरेमा चौताराको सडक मार्ग प्रयोग गर्न सकिने बताउँछन् । समय छँदै सडकको विकल्प नसोचिए बिरामी पर्दापनि नागरिक हेलिकप्टरको भर पर्नु पर्ने अवस्था रहने उनी बताउँछन् ।
सिमाना जोडिए चौतारा सांगाचोकगढी नगरपालिका र मेलम्ची नगरपालिकासंग वर्षामा पर्ने सडक समस्या बारे छलफल भईरहेको अध्यक्ष लामा बताउँछन् ।
वर्षात लागेसँगै सडक सञ्जाल टुट्दा माथिल्लो भेगमा उपभोग्य सामाग्रीको अभाव हुने गरेको छ भने स्थानीयले महँगोमा सामान खरिद गर्नु पर्ने अवस्था बन्ने गरेको छ । त्यसैले स्थानीय सरकारहरुले समन्वय गरेर नागरिकलाई सहजता दिनुपर्ने स्थानीयहरु बताउँछन् ।
वर्खा लाग्छ, सडक सन्जाल टुट्छ अनि माथिल्लो भेगमा दैनिक उपभोग्य सामानको भाउले आकाश छुन्छ । विगतका वर्षमा पनि सडक संजाल टुटेपछि पाँचपोखरीका नागरीकले अनेकौ कष्ट भोगेका थिए । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments