
‘ब्युटीसियन ट्यालेन्ट नेपाल’को खोजी
- फाल्गुन २८, २०७८ मा प्रकाशित
काठमाडौं: नेपालका ब्युटिसियनहरुको व्यक्तित्व विकास, प्रतिभा प्रस्तुति र कला प्रदर्शनको लागि चार वर्षदेखि हुँदै आएको ‘ब्युटीसियन ट्यालेन्ट नेपाल’को लागि प्रतियोगीको खोजी सुरु भएको छ । रोज सिप विकास तालिम केन्द्र र विलक्षण क्रियसनले आयोजना गर्दै आएको यो प्रतियोगिताको चौथो संस्करण ‘ब्युटीसियन ट्यालेन्ट नेपाल–२०२२’को लागि प्रतियोगी चयन गर्न फारम खुला गरिएको आयोजक संस्था रोज सिप विकास तालिम केन्द्रकी अध्यक्ष एवम् ब्युटिसियन सोनी कारजितले जानाकारी दिइन ।
विजेताको चयन आगामी चैत २५ गते शुक्रबार काठमाडौंमा गरिने भएको छ । जसका लागि चैतको पहिलो साता नयाँ प्रतियोगीहरुको अडिसन लिएर ७ चैतबाट प्रशिक्षण सुरु गर्नेछन् । विगत झैं यसपटक पनि प्रतियोगीहरुलाई दुई साता लामो प्रशिक्षण दिइने भएको छ । प्रशिक्षणको क्रममा उनीहरुलाई वतृत्वकला, व्यक्तित्व विकास, क्याटवाक, गु्रमिङ, मिडिया क्लास, मार्केटिङ क्लास, केराटिन ट्रिटमेन्ट क्लास, नेल आर्ट, जुरो, मोडर्न हेयर स्टाईल, सेल्फ मेकअप, रशियन हेयर, फिल्म क्यारेक्टर मेकअप क्लास जस्ता विभिन्न प्रशिक्षण दिइनेछ ।
प्रक्षिथार्थीलाई प्रशिक्षणको क्रममा टि—सर्ट, फाइनल शोको लागि पार्टी गाउन आयोजक पक्षले उपलब्ध गराउने छ । विजेतासहित फस्ट, सेकेन्ड रनर अप र पपुलर उपाधि विजेतालाई क्राउन, ट्रफीसहित विभिन्न पुरस्कार, काठमाडौं, पोखरा, कुस्माको दुई रात ३ दिनको आकर्षक टुर, निःशुल्क फोटो सेसन, विजेताहरुलाई म्युजिक भिडियो तथा विभिन्न फेशन सोहरुमा मेकअप तथा अन्य कामको अवसर प्रदान गरिने आयोजकले जनाएका छन् ।
प्रतियोगितामा सहभागी हुन चाहने ब्युटिसियनहरुले रोज सिप विकास तालिम केन्द्र रविभवन तथा विलक्षण क्रियसनको कार्यालय पुतलीसडकबाट फारम लिन सक्ने छन् । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments