
टोल कमिटी विस्तारसँगै ज्येष्ठ नागरिकको सेवामा नेकपा एमाले
- फाल्गुन २७, २०७८ मा प्रकाशित
इटहरीः इटहरी ४ नम्बर वडाअन्तर्गत मनोकामना टोलमा योगेन्द्र भट्टराईको अध्यक्षतामा नेपाल कम्युनिस्ट पार्टी (एमाले) को २१ सदस्यीय टोल कमिटी गठन भएको छ ।
कमिटीले ४४ जना ज्येष्ठ नागरिकलाई सम्मान तथा ९६ जनाको स्वास्थ्य परीक्षणसमेत गरेको छ । सोही कार्यक्रमका अवसरमा रोहिणी भट्टराईको अध्यक्षतामा ७ सदस्यीय ज्येष्ठ कम्युनिस्ट मञ्चसमेत गठन गरिएको नेकपा एमाले इटहरी ४ नम्बर वडा कमिटि अध्यक्ष सुनिल कार्कीले जानकारी दिए । उनका अनुसार पार्टीको ४ नम्बर वडामा रहेका सबै टोल कमिटीमा सम्मान र स्वास्थ्य शिविर कार्यक्रम चलिरहेको छ ।



पार्टीले फागुन २१ गते हलगडा टोलमा केपी फुयाँलको अध्यक्षतामा कमिटि गठन गरेको थियो । त्यहाँ ज्येष्ठ नागरिकलाईं खिर खुवाएर ९५ जनाको स्वास्थ्य परीक्षणसमेत गरिएको कार्कीले उल्लेख गरे । भोलि अर्थात् फागुन २८ गते आइतबारेमा नारायण थापाको अध्यक्षताामा २१ सदस्यीय टोल कमिटी गठन गरी ज्येष्ठ नागरिकको सम्मान तथा स्वास्थ्य परीक्षणसमेत गर्ने कार्यक्रम रहेको कार्कीको भनाइ छ । स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा एमालेले जनस्तरमा उपस्थिति देखाउन टोल कमिटी गठनलाई तिव्रता दिएको हो ।



सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments