
०७९ मा शनिबारबाहेक ४३ दिन सार्वजनिक बिदा : पृथ्वी जयन्तीमा बिदा दिइएन, कमल थापा रुष्ट
- फाल्गुन २७, २०७८ मा प्रकाशित
काठमाडौं: सरकारले आगामी वर्ष २०७९ मा शनिबारबाहेक विभिन्न पर्व दिवसका अवसरमा ४३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गृह मन्त्रालयले १ वैशाखदेखि चैत मसान्तसम्म सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायका लागि शनिवारबाहेक ४३ दिन बिदा दिने निर्णय गरेको हो । यसरी सार्वजनिक बिदाको दिनबाहेक वर्षभरिमा ५२ दिन भने शनिवार बिदा हुनेछ ।
तर, पृथ्वीनारायण शाहको जन्मजयन्तीका अवसरमा सरकारले सार्वजनिक बिदा नदिने भएको छ । २७ पुसमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइन्छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले यसप्रति असन्तुष्टि व्यक्त गरेका छन् । शुक्रबार बिहान ट्वीट गर्दै थापाले भनेका छन्, ‘सरकारले सार्वजनिक गरेको २०७९ मा दिइने बिदामा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती र राष्ट्रिय एकता दिवसलाई समावेश नगरेकोमा खेद प्रकट गर्दछु ।’ नेपाली नाम र पहिचान दिने महापुरुषको सम्मान गर्न कन्जुस्याइँ र हिनताबोध नगर्न भन्दै थापाले बिदाको माग गरेका छन् । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments