
भारतमा पाँच राज्यमा विधानसभा निर्वाचनः तीन ओटामा भाजपा र पन्जाबमा आम आदमीको विजय निश्चित
- फाल्गुन २६, २०७८ मा प्रकाशित
नयाँ दिल्ली: भारतका पाँच राज्यहरुमा भएका विधानसभा निर्वाचनको मतगणनाका प्रारम्भिक रुझानमा सत्तारुढ भारतीय जनता पार्टीले बहुमत ल्याउने देखिएको छ । पाँच राज्यहरुमध्ये पन्जाबमा आम आदमीकाे विजय निश्चित देखिन्छ भने तीन राज्यहरु– उत्तर प्रदेश, उत्तराखन्ड र मणीपुरमा भाजपाले जित्ने देखिएको छ ।
त्यस्तै, गोवामा पनि भाजपाको अग्रता छ । यी प्रदेशमा आफ्नो विजय निश्चित देखिएको भन्दै पन्जावमा आम आदमी र अन्य प्रदेशहरुमा भाजपाले विजयोत्सव मनाउन थालेका छन् ।
सहज अन्तरले अगाडि रहेको उत्तर प्रदेशको नतिजाले भने सन् २०२४ मा हुने लोकसभा निर्वाचनमा भाजपाका लागि धेरै अर्थ राख्ने जनाइएको छ ।
सार्वजनिक भइरहेका नतिजाले देशकै पुरानो पार्टी पाँचै राज्यमा लज्जास्पद पराजय चाख्ने देखिएको छ । भाजपाका तर्फबाट नरेन्द्र मोदी प्रधानमन्त्रीमा निर्वाचित भएपछि कंग्रेसले निरन्तर पराजय चाखेको विश्लेषकहरुको टिप्पणी छ ।
कठिन प्रतिष्प्रर्धा गरेको कंग्रेसले गोवामा प्रष्ट बहुमत नल्याउने प्रारम्भिक रुझानले देखाएको छ । ४० सीट रहेको गोवाआमा पछिल्लो रुझानमा भाजपा १८ र कंग्रेसको ११ सिटमा अग्रता छ । त्यस्तै क्षत्रीय पार्टी त्रिणमूल कंग्रेस ४ र आम आद्मी पार्टी ३ सिटमा अगाडि देखिएका छन् ।
मतगणना जारी भइरहँदा ४०३ सिट रहेको उत्तर प्रदेशमा २६७ सिटसहित भाजपा अगाडि छ भने समाजवादी पार्टीले १२४ सिटमा अग्रता कायम गरेको छ । त्यस्तै, कंग्रेस ४ सिटमा अगाडि छ । त्यसैगरी ११७ सीट रहेको पन्जाबमा आम आद्मी ९० सिट र कंग्रेस १८ सिटमा अग्रता कायम गरेको छ । त्यस्तै पुरानो पार्टी अकलीले ६ सिटमा अग्रता कायम गरेको छ । पन्जाबमा भाजपाको भने २ सिटमा मात्र अग्रता देखिन्छ ।
कुल ७० सिट रहेको उत्तराखन्डमा मतगणनाको पछिल्लो रुझानमा भाजपा ४४ र कंग्रेस २२ स्थानमा अगाडि देखिएको छ । -एजेन्सी

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments