
अध्यक्षकै निर्देशनमा गाउँपालिका कार्यालयमा तालाबन्दी
- फाल्गुन २६, २०७८ मा प्रकाशित
सप्तरी: जनप्रतिनिधि आएपछि सप्तरीको जिल्ला सबैभन्दा विवादित छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष सूर्यनारायण मण्डलको निर्देशनमा बुधबार पालिकाको कार्यालयमा तालाबन्दी भएको छ।
अध्यक्ष मण्डलले महिलाहरु ल्याएर आफ्नै निर्देशनमा कार्यालयमा तालाबन्दी गराएको स्थानीयका आरोप छ। नागरिक आवास कार्यक्रमअन्तर्गत गाउँपालिकामा आएको रकम भुक्तानी नदिएको भन्दै महिलाहरुले निमित्त प्रमुख प्रशासकीय अधिकृत अरुणकुमार यादवसहितका कर्मचारीलाई कार्यालय बाहिर जान लगाएर अध्यक्ष मण्डलको निर्देशनमा ताला लगाएको स्थानीय श्याम मण्डलले बताए। कर्मचारीका कारण भुक्तानी रोकिएको आरोप लगाउँदै अध्यक्ष मण्डलले कार्यालयमा ताला लगाउन लगाएको उनले बताए।
निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवले निमित्त भएको दुई महिना बितिसक्दा पनि पालिका अध्यक्ष मण्डलले अख्तियारी नदिएपछि आर्थिक कारोबार ठप्प भएको बताए । उनले भने,´अख्तियारी नदिएकैले आर्थिक कारोबार गर्न सकेको छुईन्। महिलाहरु ताला लगाउन आएपछि आफूसहितका कर्मचारी बाहिर निस्केको बताए । पालिकाका एक कर्मचारीका अनुसार अध्यक्ष मण्डलले मनोमानी तरिकाले गरेको ४ करोड रुपैयाँको भुक्तानीको चेक पहिला दिएमात्र अख्तियारी दिने भनेपछि समस्या बल्झिँदै गएको हो ।
अध्यक्षजी आफ्नो एकल निर्णयमा आफूखुसी खरिद गरेका सरसामानको ४ करोड भुक्तानीको दिए मात्रै अख्तियारी दिने भनेपछि उनीहरूबीच विवाद हुँदै आएको थियो । अध्यक्षका अनुसार ४ करोड रुपैयाँ भुक्तानी दिन कानुनले नमिल्ने कर्मचारीहरुले बताएपछि आफ्नो निर्देशनमा ताला लगाएको बताए । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments