
गाउँपालिकाद्वारा चुनढुंगा खानी बन्द
- फाल्गुन २६, २०७८ मा प्रकाशित
दाङ: दाङको बंगलाचुली गाउँपालिकाले पालिका क्षेत्रका रहेको चुनढुङगा खानी उत्खननमा रोक लगाएको छ । सिमेन्ट उद्योगले पालिकासँग गरेको सहमति कार्यान्वय ननगरेको भन्दै बँगलाचुली गाउँपालिकाले चुनढुंगा खानी बन्द गरेको जनाएको छ । जिल्लामा रहेका तीन सिमेन्ट उद्योगले यस क्षेत्रको चुनढुगा उत्खनन गरि प्रयोग गर्दै आएका थिए ।
उद्योगले पालिका संग गरेका सम्झौताहरु कार्यान्वयन नगरेकोहुदा खानी उत्खनन् बन्द गर्नु परेको पालिका अध्यक्ष भक्त बहादुर वलीले बताए । उनले पालिका र उद्योग संगको सम्झौता कार्यान्वयन नहुदा सम्ममा खानी सञ्चालन नहुने बताए ।
तीन वटा उद्योगले पालिकासँग गरेको सहमती कार्यान्वयन नगरेपछि पालिकाले खानी बन्द गरेसँगै त्यहाँबाट चुनढुंगा ओसार्नेको काम पनि ठप्प भएको छ । पालिको यो निर्णबाट उद्योगको उत्पादनमा समेत असर पर्ने उद्योगहरुले बताएका छन । करिब ४ सय टिप्पर उत्खनन बन्द हुदा काम विहीन भएका छन ।
बंगलाचुलीगाउँपालिकामा रहेकाआआफ्ना खानीबाट चुनढुंगा ल्याएर घोराही, अग्नि र सम्राट सिमेन्ट उद्योगले सिमेन्ट उत्पादन गर्दे आएका थिए । पालिकाले खानीबन्द गरेर चुनढुंगा ओसार्न रोक लगाएपछि कच्चापदार्थ नभएर एक हप्तादेखि उद्योग बन्दभएको घोराही सिमेन्ट उद्योगले जनाएको छ । उद्योगले आफूहरुसँग गरेको सहमती पूरा नगर्दासम्म खानी सञ्चाल नगर्नै नदिने निर्णय कार्यपालिका बैठकले गरेको बंगलाचुलीगाउँपालिका अध्यक्ष भक्तबहादुर वलीले बताए ।
चुनढुंगा खानी रहेको क्षेत्रदेखि घोराहीसम्मको करिब ३० किलोमिटर सडक कालोपत्रे भएको एक महिना नहुँदै कालोपत्रे उप्किएर सडक धुलाम्यहुन थालेपछि पालिकाले खानी नै बन्दगरिको दिएर टिप्पर सञ्चालनमा रोक लगाएको हो । त्यसयता सडक कालोपत्रे गर्ने जिम्मालिएका निर्माण व्यवसायी, घोराही सिमेन्ट उद्योगले अझैसम्म पनिकाम सुरु नगरेको गाउँपालिकाले जनाएको छ । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments