वसन्तपुरमा विधिवत सुरु भयाे चीर फागु
- फाल्गुन २६, २०७८ मा प्रकाशित
काठमाडाैं: रंगको पर्व फागु आज बिहीबार विधिवत सुरु भएकाे छ । आज काठमाडौंको वसन्तपुरस्थित हनुमानढाेका दरबारकाे गद्दी बैठकको दक्षिणतर्फ तीन छत्रे होलीको चीर ठड्याएसँगै देशभर फागुको विधिवत सुरुवात भएकाे हाे ।
याे पर्व फाल्गुन शुक्ल अष्टमीदेखि पूर्णिमासम्म अर्थात् आठ दिन मनाइन्छ । अन्तिम दिन चीर ढालिएसँगै पर्व समापन गरिन्छ ।
फाल्गुन पूर्णिमाको दिन मनाइने होली यो वर्ष पहाडी क्षेत्रमा चैत ३ गते र तराई भेगमा चैत ४ गते मनाइने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । -न्युज कारखाना
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१रवि लामिछानेलाई म्याद थपकालागि अदालत उपस्थित गराइँदै
-
ताजा मंसिर ९, २०८१पूर्व राज्यमन्त्री पदम राईको निधन
-
ताजा मंसिर ९, २०८१दुर्गा प्रसाईंको बी एन्ड सी मेडिकल कलेजमा एमबीबीएस पढाउने तयारी
-
ताजा मंसिर ९, २०८१कालीगण्डकी करिडोरले जोड्दै मुक्तिनाथ र लुम्बिनी
-
ताजा मंसिर ९, २०८१धरहरा चढ्न आजदेखि शुल्क, फोटो खिच्दा पनि पैसा
Comments