
भद्रपुरबाट प्रतिबन्धित लागूऔषधसहित पाँच जना पक्राउ
- फाल्गुन २५, २०७८ मा प्रकाशित
इटहरीः झापाको छुट्टाछुट्टै २ स्थानबाट निषेधित लागु औषधी सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार दिउँसो वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका ५ नँया बजारमा चेकजाँचको क्रममा बारा निजगढ नगरपालिका ९ का २६ बर्षीय प्रकाश खुलाल र बझाङ सुर्मा गाउँपालिका ३ का २२ बर्षीय संजिव बोहरालाई नाईट्राजेपाम ४५० ट्याबलेट र ट्रामाडोल १६ क्याप्सुल सहित नियन्त्रणमा लिएको हो ।
त्यसैगरी अर्जुनधारा नगरपालिका ११ स्थितमा अस्थायी प्रहरी बिट नयाँ बसपार्क बिर्तामोडबाट खटिएको प्रहरी चेकिङ टोलीले प्रदेश १–०१–००२ ह १०१ नम्बरको अटो ट्याम्पोलाई चेकजाँच गर्ने क्रममा अटो चालकको सिट मुनी लुकाइ छिपाइ राखेको लुपिजेसिक–२०० एम्पुल, एबट–२०० एम्पुल, डाईजेपाम –२०० एम्पुल र नाईट्राभेट ३०० ट्याब्लेट बरामद गरेको छ ।
प्रहरीले अटोचालक भद्रपुर १ का २३ बर्षीय सुमन मिश्र, अटोमा सवार सोही स्थानका २७ बर्षीय युगल खत्री र २४ बर्षीय शंकर लिम्बुलाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका ५ जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments