एमसीसीकाे साइड इफेक्ट : माओवादी महोत्तरीका संयोजकसहित पाँच नेताले पार्टी छाडे
- फाल्गुन २५, २०७८ मा प्रकाशित
महोत्तरी: माओवादी केन्द्र महोतरीका संयोजकसहित पाँच नेताले पार्टी त्यागकाे घोषणा गरेका छन्।
एमसीसी पारितकाे विपक्षमा उभिएका प्रदेश कमिटी सदस्य तथा महोत्तरीका संयोजक तुलसीप्रसाद ढुंगाना, प्रदेश कमिटी सदस्य तथा बर्दिबास वडा नम्बर ३ का वडाध्यक्ष राजनप्रसाद ढुंगानासहितले अन्तत: पार्टी नै परित्याग गरेका हुन् ।
अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रीय सदस्य तथा नगर कमिटी सदस्य उर्मिला कार्की, मधेस प्रदेश सदस्य रामबहादुर राणा र वडा कमिटी अध्यक्ष नरबहादुर खनालले पनि पार्टी छाडेका छन् ।
एमसीसीकाे विपक्षमा रहेकाे माओवादी केन्द्रले अन्तत: सदनबाट पारित गराउन सहमति जनाएकाे थियाे । व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित भएपछि माओवादीकाे एउटा खेमा विराेधमा छ । -न्युज कारखाना
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१How To Play Roulette Step-by-step Guide To Roulette Rule
-
ताजा मंसिर ९, २०८१How To Win At Slots: Top Tips To Boost Your Chance
-
ताजा मंसिर ९, २०८१“Casino Wikipedi
-
ताजा मंसिर ९, २०८१3 Casinos Inside Singapore Entry Fee, Rules 202
-
ताजा मंसिर ८, २०८१नेपाल–भारतका पत्रकारको सुझाव: प्रविधिको सदुपयोग गर्दै पत्रकार आचारसंहितालाई बलियो बनाउनु पर्ने
Comments