
८ मार्च : सबैकी शारदा दिदी
- फाल्गुन २४, २०७८ मा प्रकाशित
महोत्तरी: शारदादेवी थापालाई एक पटक भेटेका मानिसले कहिल्यै बिर्सदैनन् । निकै साधारण जीवनसैली, सबैसँग मिठो बोलीवचन, सहयोगी र सबैैसँग मित्रवत व्यवहारका कारण उनीसँग एकपटक भेट्नेले सधै सम्झिरहन्छन् ।
अन्याय सहनै नसक्ने, चित्त नबुझ्दा तुरुन्त प्रतिवाद गर्ने उनको स्वभावले जिल्लामा उनको इज्जतनै भिन्न छ । उनको नाम भन्नासाथै उनको व्यवहार धेरैको आँखाअघि मडारिन थाल्छ ।
को हुन् शारदादेवी थापा ?
धेरैले उनलाई नेकपा एमालेकी नेतृ भनेर चिन्छन् । जसले जसरी चिने पनि महोत्तरीका जनताले जिताएका प्रदेश सभा सदस्य हुन् शारदादेवी थापा ।
अधिकांश जनप्रतिनिधिले निर्वाचनका बेला गरेका प्रतिबद्धता सायद भुलिसके होलान् । कति त आफैलाई बदनाम गरी बेपत्ता नै भएका छन् । तर, शारदा थापाले साढे चार वर्षमा निर्वाचनका बेला गरेका आफ्ना प्रतिबद्धता एक दिन पनि नभुलेको बताइन ।
पाँच वर्षअघि र अहिले निकै परिवर्तन भइसकेको उनले महसुस गरेकी छिन् । महोत्तरी निर्वाचन क्षेत्र नम्बर १ ‘क’बाट निर्वाचित भएपछि उनले सामाजिक परिवर्तनलाई विशेष जोड दिइन् । यस क्षेत्रअन्तर्गत वर्दिबास नगरपालिकाको वडा नम्बर १ देखि १२ सम्म र भंगाहा नगरपालिकाको वडा नम्बर ३, ४, ५ र ९ पर्छ ।
यो अवधिका उनले विशेषगरी अन्धबिश्वासको भूमरीमा रहेका महिलालाई ससंक्त बनाएउने प्रयास गरेकी छिन् ।
उनले बोक्सीको आरोपमा सामाजिक बहिष्कारदेखि अभद्र व्यवहार र दाइजो प्रथाका कारण प्रताडित बनेका महिलालाई ससक्त बनाउन विभिन्न तालिम र अभियान चलाएकी छिन् । संसद विकास कोषबाट करिब पाँच वर्षको अवधिमा झन्डै ६ करोड जिल्ला खर्च गरेकी छिन् । यो रकमको केही हिस्सा महिलाले नेतृत्व गरेको महिला सहकारीमा समेत खर्च गरिएको छ । साथै, महिलालाई उद्यमी बनाउने, महिला उद्यमका विविध तालिम सन्चालन गरिन ।
यति मात्रै होइन ६ करोडबाटै सात वटा विद्यालयमा भवन बनेका छन्, करिब १० किलोमिटर सडक निर्माण भएको छ ।
आज २१३औँ अन्तराष्ट्रिय महिला दिवस मनाइरहदा आफ्नै निर्वाचन क्षेत्रमा दाइजोको नाममा, बोक्सीको आरोपमा प्रताडित बनिरहेको, मजदुर महिलाहरू ज्यालामा ठगिएको, बेचबिखनमा परेको देख्दा सुन्दा निकै पिरोल्ने गरेको उनले बताएन् । तर, तुलनात्मक रुपमा केही परिवर्तन भने आएको थापाको अनुभव छ ।
उनी भन्छिन्, ‘घुम्टोले मुख छोप्ने महिला अहिले घुम्टो उघार्न सक्ने भएका छन्, घरेलु हिंसाविरुद्ध आवाज उठाउन सक्ने भएका छन्, विद्यालयमा किशोरी र महिलाको संख्या बढीरहेको छ ।’
मधेश प्रदेश सभामा ३७ जना महिला र ७० जना पुरुष छन् । ३७ जना महिलामध्ये पनि कतिपय ‘नाता’, ‘कृपा’को कोटामा परेका छन् ।
नेकपा एमाले मधेश प्रदेशकी महिला सचेतक समेत रहेकी थापा अहिले महिलाकी आदर्श मात्र हैनन् सबैै महिलाको साथी बनेकी छिन् । थापालाई सबैले दिदी भनेर बोलाउँछन् । थापा जस्तै हरेक महिलाले साहस र उत्साह राख्ने हो भने परिवर्तन निकै नजिक छ । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments