
८ मार्च : २० वर्ष अगाडिको मरणी देवीको त्यो कालो दिन
- फाल्गुन २४, २०७८ मा प्रकाशित
महोत्तरी: २० वर्षअगाडिको कहालीलाग्दो दृश्य सम्झँदा मरणीदेवी अहिले पनि झसङ्ग हुन्छिन् । महोत्तरी मट्टीहानीस्थित सिमरदहीका स्थानीयले सामाजिक रूपमा बहिष्कार गरी गाउँबाट नै पलायन हुने स्थिति बनाएको त्यो भयावह दृश्य अहिले मरणीदेवीको मानसपटलमा नाचिरहन्छ । उनी गाउँ र समाजबाट बोक्सीको आरोपमा बहिष्कार र यातना भोग्नुको मुख्य कारण एउटै थियो कि मरणीदेवीले गाउँका एक जना बच्चालाई पूजाको लागि कपुर लिन पठाइन् र ती बालक फर्किएपछि अचानक बिरामी हुनु ।
बिरामी बच्चालाई झाँक्रीले ‘बाेक्सी’ लागेको बताएपछि बालकका बाबुआमाले मरणीदेवीलाई बोक्सीको आरोप लगाए । बच्चाका बाबुआमा मात्र हैनन् गाउँभरीका सबैले मरणीदेवीलाई बोक्सीको आरोप लगाए । गाउँका प्रमुख नवल सहनीको नेतृत्वमा बसेको पञ्चायतीले समेत मरणीदेवीलाई ‘बोक्सी घोषणा’ गर्यो।
३० साउन २०५८ मा भारतबाट आएका एक जना झाँक्रीले गाउँमा सानो पूजा लगाए। गाउँभरिका मानिसलाई प्रसाद खान दिए, तर खानेबित्तिकै मरणीदेवी बेहोस भइन्। बुहारीले उनलाई घर ल्याइन्। दुई बुहारी उनीसँग बस्थे, छोरा र लोग्ने कमाउन बाहिर गएका थिए। उनी घरमा जेठी बुहारीको छेउमा बसेकी थिइन्। साँझपखको कुरा हो, गाउँका प्रमुख नवल सहनी र उनका भाइ सुनील सहनी आएर उनलाई लछारपछार गर्न थाले ।
मरणीदेवीलाई लछारपछार गर्दै गर्दा गाउँका मान्छे पनि जम्मा भए । सहनी दाजुभाइले मरणीदेवीलाइ अन्धाधुन्ध पिटन थाले । ‘मलाई आँखामा हानेकोसम्म थाहा छ, त्यसपछि केही पनि थाहा पाइँन,’ उनले भनिन् । बेहोस भएपछि सहनी दाजुभाइले कुटन छाडे । उनलाई अनेकथरी बोल्दै लात्तीले हाने, मुक्का प्रहार गरे, भुत्ल्याए, उचाले अनि पछारे ।
मरणीदेवीका बुहारीहरूले गाउँकै अस्पतालमा लगे र उपचार गरे । उपचार गरेकाे पाँँच दिनपछि मरणीदेवीको हाेस आयो । यतिन्जेलसम्म मरणीदेवीलाई हेर्न प्रमुख जिल्ला अधिकारी आए, प्रहरी आए र बोक्सीको आरोपमा चरम यातना दिने सहनी दाजुभाइ पक्राउ परे भने झाँक्री फरार भए ।
मरणी देवी अहिले के गर्छिन ?
मरणीदेवी अहिले बोक्सी प्रथाकै विरुद्ध अभियान चलाउँछिन । समाजमा पुन:स्थापित भइसकेकी मरणीदेवी केही समय काठमाडाैँमा रहेका आफ्नो छोरासँग बसेपछि अहिले गाउँमै बसेर बाेक्सी प्रथाविरुद्ध लागेकी छन् ।
‘कानुनले पनि मलाई न्याय दिइयो,’ उनी भन्छिन् । अहिले उत्तराधिकारीको रूपमा मरणीदेवीले आफ्ना बुहारीलाई पनि अभियानका लाग्न प्रेरणामात्र हाेइन जिम्मेवारी सुम्पेकी छन् । ‘सामाजिक अन्धविश्वासविरुद्ध डटेर लाग्न र सचेतना प्रवाह गर्न बुहारीलाई पनि अगाडि बढाएको छु,’ उनले भनिन् । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments