कानूनमन्त्री कार्कीले गरे विराटनगरका सडकको निरीक्षण
- फाल्गुन २४, २०७८ मा प्रकाशित
इटहरीः प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्की नागरिकका स–साना समस्याका समाधान गर्न लागिपरेका छन् ।
यसै क्रममा मन्त्री कार्कीले मोरङको विराटनगर महानगरपालिका ५ का विभिन्न सडक पूर्वाधारको निरीक्षण गरी निर्देशन दिएका छन् ।
नेपाली कांग्रेसमा प्रखर वक्ताको छवि बनाएका कार्की मोरंग क्षेत्र नं ६ ख का प्रदेश सांसद हुन् । कार्कीको सचिवालयका अनुसार उनले गरिब असहायका समस्या सङ्कलन गरी समाधान गरेका छन् ।
जनप्रतिनिधि जनताको सेवक हुनुपर्ने अभियानका साथ लागेका मन्त्री कार्की जनताका स–साना कुराको सम्बोधन गरेपछि यहाँका स्थानीय हर्षित एवं विश्वस्त बनेका सचिवालयले जनाएको छ ।
आफुलाई मन्त्री नागरिकले नै बनाएकाले नागरिकका हरेक समस्या सम्बोधन गरि समाधान गर्ने बताए । मन्त्री कार्कीको सक्रियतामा विराटनगर १२ मा विपन्नका लागि सम्पन्न बस्तिको निर्माण भइरहेको छ । मन्त्री आफै श्रमदानमा खटिएर निर्माण भइरहेको बस्तिमा १४५ घर बन्ने छन् ।
सम्बन्धित खवर
-
ताजा मंसिर ८, २०८१नेपाल–भारतका पत्रकारको सुझाव: प्रविधिको सदुपयोग गर्दै पत्रकार आचारसंहितालाई बलियो बनाउनु पर्ने
-
ताजा मंसिर ८, २०८१दुर्गा प्रसाईं सवार गाडीको ठक्करबाट घाइते मेहताको मृत्यु
-
ताजा मंसिर ८, २०८१बराहक्षेत्रकाे सप्तकाेशी किनारमा महिला र पुरूषकाे शव भेटियाे
-
ताजा मंसिर ८, २०८१इटहरीमा धुमधामले मनाइयाे पतञ्जली योग समिति नेपालको १४ औं स्थापना दिवस
-
ताजा मंसिर ८, २०८१सुकुटी बेचेर मासिक दुई लाख कमाउदै लक्ष्मीमार्गका प्रेम श्रेष्ठ
Comments