
भक्तपुरमा सुरु भयो ढकतराजु नवीकरण डोर
- फाल्गुन २४, २०७८ मा प्रकाशित
भक्तपुर: भक्तपुर उद्योग वाणिज्य संघले भक्तपुर नगरपालिकाको समन्वयमा भक्तपुर नगरपालिका क्षेत्रमा ढकतराजु नवीकरण तथा दर्ता कार्यसञ्चालन थालेको छ । नेपाल गुणस्तर तथा नापतौल विभागबाट डोर टोली खटाई उक्त काम सुरु भएको हो ।
नगरमा आएको टोलीले पहिलो दिन भक्तपुर नगरपालिका-३ वंशगोपालमा बसेर सेवा दिएको थियो । सो दिन ६० भन्दा बढी व्यवसायीले सेवा लिएको भक्तुपर उद्योग वाणिज्य संघले जनाएको छ । दोस्रो दिन भक्तपुर नगरपालिका-५ सुकुलढोका क्षेत्रबाट पनि ७० व्यवसायीले सेवा प्राप्त गरेको संघले जनाएको छ ।
भक्तपुर नगरमा टोली बसे पनि सेवाग्राही नगर बाहिरबाट पनि आएको जनाइएको छ । ढकतराजु खरिद गर्दा रसिद नभएको कारण तथा आवश्यक कागजात नहुँदा र म्याद गुज्रेको कारण धेरै व्यवसायी सेवाबाट बञ्चित हुनुपरेको देखिएको छ ।
अहिले नयाँ ढकतराजु खरिद गरेपछि खरिद गरेको ३५ दिनभित्र नेपाल गुणस्तर तथा नापतौल विभागमा दर्ता गरी समयमै नवीकरण गर्नुपर्छ । म्याद नाघेको खण्डमा एक वर्ष कैद तथा १० हजार जरिवाना असुल गर्ने व्यवस्था रहेको छ । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments