चापागाँउमा महिलालाई उद्यमी तालिम
- फाल्गुन २४, २०७८ मा प्रकाशित
चापागाउँ: महिलालाई उद्यमी बनाउन ललितपुरको चापागाँउमा तालिम सुरु गरिएको छ । गोदावरी नगरपालिकाको सहयोगमा गोदावरी उद्योग वाणिज्य संघले आयोजना गरेको तालिममा २८ महिला सहभागी छन् ।
उपमेयर मुना अधिकारीले शुभारम्भ गरेकी तालिम २ चैतसम्म सञ्चालन हुनेछ । उपमेयर अधिकारीले महिला उद्योगपति भएको हेर्न चाहेको बताइन् ।
प्रमुख प्रशिक्षक विश्वनाथ घिमिरेले उद्देश्य महिलालाई उद्यमी बनाई छाड्ने रहेको बताए । गाेदावरी उद्योग वाणिज्य संघका अध्यक्ष जगन्नाथ महर्जनले १ सय ५० जनामध्ये विषय विज्ञको छनाेटपछि २८ जना तालिम दिन लागेको बताए ।
तालिम कार्यकमकी संयोजक निर्मला क्षेत्रीले २१औँ शताव्दीका महिला आत्मनिर्भर हुन उद्यममा लाग्नुपर्ने बताइन् ।
बाणिज्य संघका उपाध्यक्ष राजन महर्जनले आमा उद्यमी भएकै कारण आफू उद्यमी बन्न सकेको बताए । -न्युज कारखाना
सम्बन्धित खवर
-
ताजा मंसिर ११, २०८१बोर्डका नयाँ अध्यक्षलाई सेयरबजारको स्वागत, ३३ अंकले नेप्से बढ्दा २१० वटाको मूल्य बढ्यो
-
ताजा मंसिर ११, २०८१धुलाबारी बजारमा चल्याे ड्राेजर : अतिक्रमित संरचना भत्काउन थालीयाे
-
ताजा मंसिर ११, २०८१सरकारले सुनचाँदीसहित यी वस्तुमा घटायो कर, कुनमा कति घट्यो?विवरण सहित
-
ताजा मंसिर ११, २०८१हिजो एकै दिन तोलामा १६ हजार घटेको सुनको मूल्यमा आज पनि उच्च गिरावट
-
ताजा मंसिर ११, २०८१मानव तस्करी आरोपमा पक्राउ परेका कोसीका पूर्वमन्त्री लीलावल्लभ अधिकारी रिहा
Comments