मलेठ घटनामा सहादत प्राप्त गरेकाको सम्झनामा सार्वजनिक बिदा
- फाल्गुन २३, २०७८ मा प्रकाशित
सप्तरी: राजविराज नगरपालिकाले सोमबार सार्वजनिक बिदा दिएको छ । पाँच वर्षअघि आजकै दिन मलेठ घटनामा सहादत प्राप्त गरेका पाँचजनाको सम्झनामा सार्वजनीक बिदा दिएको नगरपालिकाले जनाएको छ।
एमालेले सुरु गरेको मेची महाकाली राष्ट्रिय अभियानअन्तर्गत २३ फागुन २०७३ मा सप्तरीमा राखिएको कार्यक्रममा तत्कालीन मधेसी मोर्चाले अवरोध पुर्याउन खोज्दा प्रहरीको गोली लागेर पाँचजनाको ज्यान गएको थियो ।
प्रहरीको गोली लागी मलेठका सञ्जन मेहता, पिताम्बर मण्डल र वीरेन्द्र महतो, प्रसवनीका आनन्द साह तथा जमुनी मधेपुराका इन्द्रदेव यादवको मृत्यु भएको थियो । सरकारले यी पाँचैजनालाई शहीद घोषणा गरिसकेको छ । पाँचैजनाले सहादत प्राप्त गरेकाे स्मरणमा सार्वजनिक बिदा दिइएको राजविराज नगरपालिकाका प्रमुख शम्भु यादवले जानकारी दिए। -न्युज कारखाना
सम्बन्धित खवर
-
ताजा मंसिर ८, २०८१नेपाल–भारतका पत्रकारको सुझाव: प्रविधिको सदुपयोग गर्दै पत्रकार आचारसंहितालाई बलियो बनाउनु पर्ने
-
ताजा मंसिर ८, २०८१दुर्गा प्रसाईं सवार गाडीको ठक्करबाट घाइते मेहताको मृत्यु
-
ताजा मंसिर ८, २०८१बराहक्षेत्रकाे सप्तकाेशी किनारमा महिला र पुरूषकाे शव भेटियाे
-
ताजा मंसिर ८, २०८१इटहरीमा धुमधामले मनाइयाे पतञ्जली योग समिति नेपालको १४ औं स्थापना दिवस
-
ताजा मंसिर ८, २०८१सुकुटी बेचेर मासिक दुई लाख कमाउदै लक्ष्मीमार्गका प्रेम श्रेष्ठ
Comments