•  ९ मंसिर २०८१, आईतवार
  •  5:35:17 AM

राजधानी किभलगायतका शहरहरुमा युद्धबिराम

- फाल्गुन २३, २०७८ मा प्रकाशित



किभ: सर्वसाधारण नागरिकहरुलाई सुरक्षित क्षेत्रतर्फ जानका लागि सहज बनाउन रुसले राजधानी किभ र युक्रेनका अन्य शहरहरुमा युद्धबिराम घोषणा गरेको छ । रुसले किभ, खारकिभ, मारिओपोल र सुमी सहरमा युद्धबिराम घोषणा गरेको हो । 

मारिओपोलमा सरकारले गरेका युद्धबिरामका प्रयास बिफल भएको र युक्रेनी सेनाले राजधानीमा निरन्तर गोलाबारी गरेको विवरण सार्वजनिक भइरहेका बेला रुसी सेनाले युद्धबिराम घोषणा गरेको हो ।  

जसअनुसार रुसले हमला रोक्ने र सोमबारदेखि राजधानी किभ र अन्य तीन शहरहरुमा मानवीय कोरिडरहरु खुला गर्ने भएको इन्टरफ्याक्स समाचार सस्थाले जनाएको छ ।

Comments

सम्बन्धित खवर