
एमाले अध्यक्ष ओली आज झापा जाँदै
- फाल्गुन २१, २०७८ मा प्रकाशित
इटहरीः नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओली आज (शनिबार) गृहजिल्ला झापा जाने भएका छन् । विभिन्न आधा दर्जन कार्यक्रममा सहभागी हुन उनी त्यसतर्फ जान लागेका हुन् ।
अध्यक्ष ओलीको व्यस्त कार्यसूची रहेको एमाले झापा सदस्य मोहनकाजी न्यौपानेले जानकारी दिए ।
ओली बिहान अर्जुनधारा नगरपालिकामा रहेको सुखानी सहिद स्मृति पार्कमा हुने कार्यक्रममा सहभागी हुने छन् । उनले त्यहाँ सहिदको सालिकमा माल्यार्पण गर्ने छन् ।
एमाले अध्यक्ष ओली त्यसपछि कमल गाउँपालिकामा आयोजित दुईवटा कार्यक्रममा सहभागी हुने छन् । त्यहाँ पुल उदघाटन गर्ने कार्यक्रम छ । उनी झापाको बिर्तामोडमा आयोजना गरिने तीन औपचारिक कार्यक्रममा सहभागी हुने छन् । उनले एमालेनिकट प्रदेश १ स्तरीय खेलकुद महासङ्घको अधिवेशन उदघाट्न गर्ने छन् । सिपी पार्टी प्यालेसमा आयोजित प्रेस चौतारी नेपालको प्रदेश १ स्तरीय प्रथम सम्मेलनको दिउँसो १२ बजे उद्घाटन गर्ने चौतारीका झापा इन्चार्जसमेत रहेका न्यौपानेले जानकारी दिए ।
सम्मेलनमा सहभागी हुन १४ जिल्लाबाट अतिथि, प्रतिनिधि र पर्यवेक्षक झापा आइसकेका छन् । ओलीले दिउँसो २ बजे झापा गोल्डकपको पाँचौँ संस्करणको उद्घाटन गर्ने कार्यक्रम छ । फागुन ३० सम्म चल्ने प्रतियोगिता डोमालाल राजवंशी रङ्गशालामा हुने छ । त्यसको सम्पूर्ण तयारी सकिएको आयोजक समितिका महासचिव गजेन्द्रबहादुर पौडेलले बताए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ३, २०८२ताप्लेजुङबाट एक वर्षअघि हराएका ११ ल्यापटप माटोमा गाडिएको भेटियो
-
ताजा जेष्ठ ३, २०८२बंगालको खाडी र अरब सागरको हावा नेपालमा : वर्षा र हिमपातको सम्भावना
-
ताजा जेष्ठ ३, २०८२रविन्द्र मिश्रलाई जिल्लामा हतकडी, सर्वोच्चमा खाली
-
ताजा जेष्ठ ३, २०८२आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन
-
ताजा जेष्ठ ३, २०८२साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू
Comments