
पिपल बोटे सहकारीको १२ औँ स्थापना दिवस : वडामा सरसफाई तथा रक्तदान
- फाल्गुन १९, २०७८ मा प्रकाशित
इटहरी । सुनसरीकाे बराहक्षेत्र नगरपालिका १० प्रकासपुर स्थित एक सहकारीले आफ्नाे १२ औं स्थापना दिवसको को अवसर पारेर नगर क्षेत्रमा सरसफाई तथा रक्तदान कार्यक्रम सम्पन्न गरेकाे छ ।
प्रकासपुरस्थित पिपल बोटे बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बिहीबार स्थापना दिवशकाे अवसर पारेर आफ्नाे क्षेत्रमा सरसफाइ तथा रक्तदान कार्यक्रम सम्पन्न गरेकाे हाे । बिहानैदेखि हातमा झाडु र डस्टविन बाेकेर वडा क्षेत्रमा निस्किएका सहकारीका पदाधिकारी तथा कर्मचारीहरूले मुख्य चाैकहरूकाे सरसफाइ गरेका थिए ।
त्यस्तै सहकारीले नै आयाेजना गरेकाे रक्तदानबाट ४३ प्रिन्ट रगत संकलन भएकाे थियाे ।रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रक्तसंचार केन्द्र धरानका इन्चार्ज सुभाषचन्द्र सिंहको नेतृत्वको टोलीले प्राविधिक सहयोग पुर्याएको थियो ।

पिपल बोटे बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष बद्रीकुमार वुढाथोकीको अध्यक्षता तथा बराहक्षेत्र नगरपालिकाका प्रमुख निलम खनालको प्रमुख आतिथ्यमा भएको रक्तदान कार्यक्रमा ४३ जना महिला पुरुषले रक्तदान गरेका थिए ।
कार्यक्रममा गाउँवेशी सहकारी संस्थाका अध्यक्ष रविन घिमीरे , रामधुनी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गणेश पौडेल प्रकासपुर प्रहरी चौकीका इञ्चार्ज सञ्जीव अधिकारी लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments