
काठमाडौं महानगरको निर्वाचन ‘फाइनल परीक्षा’ : कांग्रेस नेता सिंह
- फाल्गुन १९, २०७८ मा प्रकाशित
काठमाडाैं: नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौं महानगरपालिकको निर्वाचन ‘फाइनल परीक्षा’ रहेको बताएका छन् ।
आगामी ३० वैशाखमा ७५३ वटै स्थानीय तहको निर्वाचन हुँदैछ । ६ महानगरमध्ये सबै राजनीतिक दलको ध्यान काठमाडौं महानगरमा रहेका बेला कांग्रेस नेता सिंहले भने, ‘कांग्रेस काठमाडौं महानगरपालिका कार्यसमितिको मूल्यांकन स्थानीय तहको निर्वाचनबाट हुन्छ । काठमाडौं महानगरको चुनाव ‘फाइनल परीक्षाजस्तै’ हो ।’
गत चुनावमा महानगरमा एमालेले जित हासिल गरेको उल्लेख गर्दै उनले फोहोरमैला व्यवस्थापन हुन नसकेको, पार्किङकाे समस्या समाधान हुन नसकेकाे भन्दै आलाेचना गरे। अब पाँच वर्षको मूल्यांकन गरेर कांग्रेसले जित हासिल गर्नेगरी मतदातासामु जानुपर्ने उनको भनाइ छ । ‘मुद्दा पहिचान गरेर मतदातासामु जानुपर्छ, त्यसपछि मात्र मतदाताले मत दिन्छन्,’ उनले भने ।
कांग्रेस काठमाडौं महानगरले आयोजना गरेको कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै उनले ३२ वटै वडामा वडा समिति र टोल समितिलाई क्रियाशील बनाउन निर्देशन दिए ।
चुनावमा सबै नेताहरूले दाबी गर्न पाउने भए पनि ‘मै हुनुपर्छ’ भावना हुन नहुने उनको भनाइ छ । ‘दाबी गर्न पाइन्छ । तर, मै हुनुपर्छ भन्ने हुँदैन । विधि प्रक्रिया छ,’ उनले भने, ‘कांग्रेसमा व्यक्तिभन्दा पनि रुखलाई हेरेर प्रचारप्रसार गर्नुपर्छ ।’-न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ३, २०८२ताप्लेजुङबाट एक वर्षअघि हराएका ११ ल्यापटप माटोमा गाडिएको भेटियो
-
ताजा जेष्ठ ३, २०८२बंगालको खाडी र अरब सागरको हावा नेपालमा : वर्षा र हिमपातको सम्भावना
-
ताजा जेष्ठ ३, २०८२रविन्द्र मिश्रलाई जिल्लामा हतकडी, सर्वोच्चमा खाली
-
ताजा जेष्ठ ३, २०८२आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन
-
ताजा जेष्ठ ३, २०८२साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू
Comments