
डोलेश्वरबाट बिदा भए साधुसन्त, दक्षिणा दिइयाे
- फाल्गुन १९, २०७८ मा प्रकाशित
भक्तपुर: शिवरात्री मनाउन भक्तपुरको डोलेश्वर महादेव मन्दिर आएका साधुसन्तलाई बिदाई गरिएको छ ।
महाशिवरात्रिमा विभिन्न स्थानबाट डोलेश्वरको मन्दिरमा दर्शन गर्न आएका साधुसन्तलाई भोजन, प्रसाद तथा दक्षिणा दिएर बिदाई गरिएको हो ।
डोलेश्वर दर्शन गर्न यो वर्ष दुई सय २४ साधुसन्त आएको केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका अध्यक्ष बालहरि चालिसेले जानकारी दिए । डोलेश्वरमा आएका साधुसन्तलाई तीन तहमा वर्गीकरण गरी दक्षिणा उपलब्ध गराएको अध्यक्ष चालिसेले बताए ।
‘क’ वर्गका साधुसन्तलाई १ हजार १ सय, ‘ख’ वर्गलाई ७ सय र ‘ग’ वर्गलाई ५ सय ५ रुपैयाँ तथा प्रत्येकलाई एक थान कम्बल, एक थान धोती प्रदान गरिएको उनले बताए ।
डोलेश्वरमा महाशिवरात्रि पर्वका लागि गत एक हप्ता अघिदेखि साधुसन्त आएका थिए । मन्दिर परिसरमा जम्मा भएका साधुसन्तलाई समितिले खानपानलगायत धुनी बाल्न दाउराकोसमेत व्यवस्था गरिदिएको थियो । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments