राप्रपाको केन्द्रीय समिति बैठक आजदेखि, तीन प्रतिवेदन पेस हुने
- फाल्गुन १८, २०७८ मा प्रकाशित
काठमाडाैं: राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमिति बैठक आज बुधबार बस्दैछ । बैठक दिउँसाे १ बजे धुम्बाराहीस्थित एसआर ब्यांक्वेटमा तय भएकाे राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, स्थानीय तहको निर्वाचनको तयारी, भावि कार्ययोजना र विविध विषयमा छलफल हुनेछ ।
आजको बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक, उपाध्यक्ष तथा सचिवालय प्रमुख हेमजंग गुरुङले सचिवालयको प्रतिवेदन, महामन्त्री तथा स्थानीय तहको निर्वाचन परिचालन समितिका संयोजक भुवन पाठकले स्थानीय तहको निर्वाचन सम्बन्धि प्रतिवेदन पेस गर्ने कार्यक्रम छ । आजको बैठकमा प्रतिवेदन माथि छलफल सुरु हुनेछ । बैठक बिहीबारसम्म चल्नेछ । -न्युज कारखाना
सम्बन्धित खवर
-
ताजा आश्विन ३, २०८१संविधान दिवसको भाषणमा पनि बालेनविरुद्ध ओली कटाक्ष: ‘…आगो लगाउँछु भन्नेहरूबाट बचाउनुहोला’
-
ताजा आश्विन ३, २०८१वरिष्ठ साहित्यकार गिरिराज शर्माको अन्त्येष्टि
-
ताजा आश्विन ३, २०८१नौं वर्षपछि खुलेको धरहरा चढ्न सर्वसाधारणको भिड
-
ताजा आश्विन ३, २०८१राउटे समुदायका एक युवकको मृत्यु, जनसंख्या १३४ मा झर्यो
-
ताजा आश्विन ३, २०८१सुनको मूल्यमा लगातार गिरावट, आज थप घट्यो , चाँदी पनि सस्तियो
Comments