
बलात्कार आराेपमा पक्राउ परेका सांसद बानियाँलाई भाेलि अदालतमा लैजाने
- फाल्गुन १७, २०७८ मा प्रकाशित
नेपालगञ्ज: बलात्कार आराेप लागेका नेकपा एमालेका सांसद मोहन बानियाँलाई प्रहरीले नेपालगञ्ज विमानस्थल राँझाबाट नियन्त्रणमा लिएकाे छ ।
जबरजस्ती करणी गरेको जाहेरी परेसँगै उनी बेपत्ता थिए । उनीविरूद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा उजुरी परेकाे थिए । बानियाँलाई नेपालगञ्ज विमानस्थलबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी मधुसुदन न्यौपानेले बताए ।
उनले भने, ‘नेपालगञ्ज विमान स्थलबाट सांसद बानियाँलाई सोमबार साँझ नियन्त्रणमा लिएका हाैं । मंगलबार सार्वजनिक बिदा भएकोले बुधबार म्याद थपका लागि अदालत लगिने र अनुशन्धान सुरु गरिनेछ ।’
ऋण लगेकाे पैसा फिर्ता गर्छु भनेर बाेलाएर सांसद बानियाँले नेपालगञ्जको होटेलमा जबर्जस्ती करणी गरेको भन्दै ४० बर्षीया महिलाले २७ माघमा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् । त्यसपछि सांसद बानियाँविरुद्ध पक्राउ पूर्जी जारी भएकाे थियाे । प्रहरीले खोजी गरेकै बेलामा उनी काठमाडाैंबाट नेपालगञ्ज आएलगत्तै प्रहरीले नियन्त्रणमा लिएको थियो । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments