खजुराकाे प्रेसर कुकर बम सेनाद्वारा निष्कृय
- फाल्गुन १७, २०७८ मा प्रकाशित
नेपालगञ्ज: बाँकेको खजुरा बजारको मनकमना चोक (हाकाे पृथ्वी चोक)मा अज्ञात समूहले राखेको प्रेसर कुकर बम नेपाली सेनाले निष्कृय पारेकाे छ ।
चोकमा रहेको राष्ट्रिय झण्डा मुनि राखिएको प्रेसर कुकर बममा ‘नोएमसीसी’ लेखिएको थियो । सो स्थानमा बम राखिएको बिहान ७ बजे सूचना पाएकाे जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक मधुसूधन न्यौपाने जानकारी दिए ।
चोकमा रहेको राष्ट्रिय झण्डा मुनि बम राखिएपछि नेपालगञ्ज–गुलरिया सडकखण्ड बिहान सवा ११ बजेसम्म अवरुद्ध भएको थियो । नेपाली सेनाको नम्बर ४ बाहिनी अड्डा, भैरबप्रसाद गण इमाम नगर राँझा ब्यारेकबाट खटिएकाे टोलीले बम निष्कृय पारेको हाे ।
सो टोलीले बिहान ११ः४ मिनेटमा विष्फोट गराई बम निष्कृय पारेको हो । खजुराको बजारमा नै बम राखेपछि स्थानीय बिहानैदेखि त्रसित बनेका थिए । बम डिस्पोज गरेसँगै बिहानैदेखि अवरुद्ध भएको नेपालगञ्ज गुलरिया सडक सुचारु भएको छ । घटनाको अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ । -न्युज कारखाना
सम्बन्धित खवर
-
ताजा मंसिर ८, २०८१दुर्गा प्रसाईं सवार गाडीको ठक्करबाट घाइते मेहताको मृत्यु
-
ताजा मंसिर ८, २०८१बराहक्षेत्रकाे सप्तकाेशी किनारमा महिला र पुरूषकाे शव भेटियाे
-
ताजा मंसिर ८, २०८१इटहरीमा धुमधामले मनाइयाे पतञ्जली योग समिति नेपालको १४ औं स्थापना दिवस
-
ताजा मंसिर ८, २०८१सुकुटी बेचेर मासिक दुई लाख कमाउदै लक्ष्मीमार्गका प्रेम श्रेष्ठ
-
ताजा मंसिर ८, २०८१बालिकालाई बन्धक बनाएर यौनकार्यमा लगाएको आरोपमा तीन महिला पक्राउ
Comments