•  ४ आश्विन २०८१, शुक्रबार
  •  8:40:42 AM

महायज्ञ उद्घाटन गर्न आज राैतहट जाँदै एमाले अध्यक्ष ओली

- फाल्गुन १७, २०७८ मा प्रकाशित



काठमाडौं: नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज बिहान राैतहट जाँदैछन् । माैलापुरमा आयाेजना हुन लागेकाे मधानी महायज्ञको उद्घाटन गर्न ओली रौतहट जान लागेका हुन् ।

मौलापुरका मेयर रिनाकुमारी साहकाे नेतृत्वमा बालकोट पुगेको टोलीले मौलापुरमा हुने महायज्ञको प्रमुख अतिथिका रूपमा आएर उद्घाटन गर्न अनुरोध गरेको थियो ।

मौलापुर-५ पतौरास्थित पुरातात्त्विक महादेव मन्दिरमा महाशिवरात्रिको अवसरमा नगरपालिकाको आयोजनामा महायज्ञ हुन लागेको हो ।

महायज्ञमा नायक राजेश हमाल लगायत कलाकारको प्रस्तुति रहनेछ । -न्युज कारखाना

Comments

सम्बन्धित खवर