
बालबालिकासम्बन्धी घटना व्यवस्थापन संयन्त्र क्रियाशिल हुने
- फाल्गुन १७, २०७८ मा प्रकाशित
उदयपुर: समुदायमा हुने बालबालिकासँग सम्बन्धित विभिन्न घटनाको व्यवस्थापनमा स्थानीय तहले संयन्त्र निर्माण गरेर अगाडि बढ्नुपर्ने एक कार्यक्रमका सहभागीले जोड दिएका छन् ।
बालबालिकाको क्षेत्रमा क्रियाशिल संस्था जाल्पा एकीकृत विकास समाज उदयपुर र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको साझेदारी र जिल्लाका विभिन्न ६ स्थानीय तहको समन्वयमा आयोजना गरिएको बालबालिका संरक्षण सवालमा घटना व्यवस्थापन र सिफारिस प्रणाली विषयक पाँच दिवसीय तालिमको समापन कार्यक्रममा सहभागीले सो कुरामा जोड दिएका हुन् ।
ताप्ली गाउँपालिकाका उपमेयर कमला माया राईले बालबिवाह, बाल दुर्व्यवहार, बालश्रम, बाल यौनशोषण, बालबालिकामाथि घटना न्यूनीकरणका लागि संयन्त्रको निर्माण गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाइन् ।
तालिममा जिल्लाका रौतामाई, ताप्ली, उदयपुरगढी, लिम्चुबु∙ गाउँपालिका र कटारी, त्रियुगा नगरपालिका अन्तर्गतका १७ वटा वडाबाट सहभागी थिए । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments