झापामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
- फाल्गुन ११, २०७८ मा प्रकाशित
काठमाडौं: झापाको मेचीनगर नगरपालिका–७ मा मंगलबार बेलुकी मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका मेचीनगर–८ का १९ वर्षीय श्याम मगरको उपचारका क्रममा बिर्तामोड स्थित बि एण्ड सि अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मे १० प २२ ३२ नम्बरको मोटरसाइकलले पैदल हिडिरहेका मगरलाई मंगलबार बेलुकी पौने ८ बजे ठक्कर दिएको थियो ।
मोटरसाइकल सहित चालकलाई ईलाका प्रहरी कार्यालय काँकडभिट्टा झापाले नियन्त्रणमा लिएको छ । -न्युज कारखाना
सम्बन्धित खवर
-
ताजा आश्विन ३, २०८१संविधान दिवसको भाषणमा पनि बालेनविरुद्ध ओली कटाक्ष: ‘…आगो लगाउँछु भन्नेहरूबाट बचाउनुहोला’
-
ताजा आश्विन ३, २०८१वरिष्ठ साहित्यकार गिरिराज शर्माको अन्त्येष्टि
-
ताजा आश्विन ३, २०८१नौं वर्षपछि खुलेको धरहरा चढ्न सर्वसाधारणको भिड
-
ताजा आश्विन ३, २०८१राउटे समुदायका एक युवकको मृत्यु, जनसंख्या १३४ मा झर्यो
-
ताजा आश्विन ३, २०८१सुनको मूल्यमा लगातार गिरावट, आज थप घट्यो , चाँदी पनि सस्तियो
Comments