
कर्णाली सरकारले प्रदेशका साना लघुजलविद्युतको अवस्थाबारे विवरण संकलन गर्ने
- फाल्गुन ११, २०७८ मा प्रकाशित
सुर्खेत: कर्णाली प्रदेश सरकारले साना जलविद्युत आयोजनाको अवस्थाबारे विवरण संकलन गर्ने भएको छ । कर्णाली प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले कर्णाली प्रदेश १० जिल्लामा रहेका साना जलविद्युत् आयोजनाका अवस्थाबारे विवरण संकलन गर्ने भएको हो ।
कर्णाली प्रदेशका सबै जिल्लामा रहेका साना जलविद्युत आयोजना, मर्मत गर्नुपर्ने आयाेजना, निर्माणाधीन आयोजनाका अवस्थाका विषयमा विवरण संकलन गर्ने मन्त्रालयले जनाएको छ ।
कर्णालीका जलविद्युतको यथार्थ चित्रण गर्न साना जलविद्युत आयोजनाका अवस्थाका विषयमा विवरण संकलन गर्न लागिएको जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले बताए । ‘कुन जिल्लामा कति विद्युतका आयोजना अलपत्र परेका छन्, सञ्चालन भएका छन्, निर्माणाधीनकाे अवस्था कस्ताे छ भन्नेबारे जानकारी आवश्यक रहेको छ,’ उनले भने, ‘तिनीहरूकाे विवरण सबै जिल्लाबाट संकलन गर्न निर्देशनसमेत दिइसकेको छ ।’
हप्ता दिनभित्र त्यसको विवरण दिन कर्णाली प्रदेशको १० वटै जिल्लास्थित कार्यालय निर्देशन दिइएको मन्त्री सिंहले बताए । ‘साना लगानीका जलविद्युत योजना धेरै समयसम्म निर्माण नहुने र निर्माण भएका पनि दिगो नहुने समस्या बल्झिरहेको अवस्थामा त्यसको समस्या समाधान गर्नका लागि पहिलो चरणमा विवरण संकलन गर्न लागेका छौं,’ उनले भने,‘वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रलाई तत्काल सो रिपाेर्ट पेस गरे थप कार्यका लागि मन्त्रालयले पहल थाल्नेछ ।’
त्यस्तै, मन्त्री सिंह जाजरकोटको जगदुल्ला जलविद्युत आयोजना विषयमा आयोजनाका निर्मित प्रमुख सञ्जय सापकोटासँग जानकारी लिएका थिए । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments