•  ३ आश्विन २०८१, बिहीबार
  •  3:34:33 AM

अवैध लागूऔषध ब्राउनसुगरसहित १ जना पक्राउ

- फाल्गुन १०, २०७८ मा प्रकाशित



इटहरीः सुनसरीको बराहक्षेत्र–६ बाट अवैध लागूऔषध ब्राउनसुगरसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बराहक्षेत्र–३ का ३२ वर्षीय अजित राजधामी रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले राजधामीलाई ९२० मिलिग्राम लागूऔषध ब्राउनसगुरसहित पक्राउ गरेको हो । पक्राउ परेका राजधामीको सम्बन्धमा थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

Comments

सम्बन्धित खवर