•  ३ आश्विन २०८१, बिहीबार
  •  3:47:41 AM

चोरीमा संग्लग्न रहेका ३ जना पक्राउ

- फाल्गुन १०, २०७८ मा प्रकाशित



इटहरीः सुनसरी र मोरङका दुई छुट्टाछुट्टै स्थानबाट चोरीमा संग्लग्न रहेका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बराहक्षेत्र–८ सुनसरीका २७ वर्षीय अटल राई, शिवसताक्षी नगरपालिका–‍ ९ का २१ वर्षीय रोहित भण्डारी र मेचीनगर नगरपालिका –६ का २७ वर्षीय दिलिप लिम्बू रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । राईलाई धरानकी टिनु बज्राचार्यको को ३१ प २४४ नम्बरको स्कुटर चोरी गरेको आरोपमा चोरी भएको स्कुटरसहित बराहक्षेत्र–६ बाट पक्राउ गरेको हो ।
मंसिर ३ गते धरानबाट हराएको उक्त नम्बरको स्कुटर खोजतलास गर्ने क्रममा फाल्गुन ८ गते स्कुटर सहित राई पक्राउ परेका हुन् ।

यसैगरी माघ १८ गते मोरङको सुन्दरहरैँचा नगरपालिका–९ मा सुर्य कट्टेलले सञ्चालन गर्दै आएको किराना पसलमा चोरी गरी फरार रहेका भण्डारी र लिम्बूलाई ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले दुबै जनालाई पक्राउ गरेको हो । पसलमा बिक्रीको लागी राखिएको रिचार्ड कार्डलगायत अन्य समानसहित १ लाख ५० हजार बराबरको समान चोरी भएको भन्ने सूचना पाएसँगै चोरीमा संलग्नहरुको खोजतलास गर्ने क्रममा दुबै जना पक्राउ परेका हुन् ।

उनीहरुको साथबाट प्रहरीले ४९ हजार ८ सय बराबरको एनसेल कम्पनीको मोबाइल रिचार्ज कार्ड र नगद रू २५ हजारसमेत बरामद गरेको छ । चोरीको आरोपमा पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Comments

सम्बन्धित खवर