•  ८ मंसिर २०८१, शनिबार
  •  10:56:31 AM

कार्यालय नआउने १२ प्रहरी जवानलाई सेवाबाट बर्खास्त गर्ने चेतावनी

- फाल्गुन १०, २०७८ मा प्रकाशित



काठमाडाैं: प्रहरी प्रधान कार्यालयले लामो समयदेखि कार्यालयमा नआएका १२ प्रहरी जवानलाई सेवाबाट बर्खास्त गर्ने चेतावनी दिएको छ ।

केही महिनादेखि सम्बन्धित कार्यालयमा हाजिर नभएका तथा खोजबिन गर्दा पनि सम्पर्कमा नआएका ती १२ जनालाई सात दिनभित्र स्पष्टिकरण पेश गर्न भनिएको छ । सम्पर्कमा नआएमा सेवाबाट हटाइने चेतावनी पनि मंगलबार जारी गरिएको सार्वजनिक सूचनामा उल्लेख छ ।

यसरी कार्यालयमा हाजिर नहुनेमा प्रहरी जवानहरू राजकुमार शाह, डिलबहादुर पुनमगर, विजेन्द्र कार्की,  आशाराम महतो, वुद्धवीर तामाङ, मुस्कान वान्तवा, विष्णु विक,  अर्जन पुन, रामचन्द्र जोशी, गणेशसिंह धामी, केशव बुढाथोकी र पवन विक रहेका छन् । -न्युज कारखाना

Comments

सम्बन्धित खवर