नेपाल बारको निर्वाचन प्रक्रिया सुरु, आज मतदाता नामावली सार्वजनिक हुने
- फाल्गुन १०, २०७८ मा प्रकाशित
काठमाडौं: नेपाल बार एशोसियसनको निर्वाचन प्रक्रिया सुरु भएको छ । आगमी १९ चैतमा नयाँ नेतृत्वका लागि चुनावका लागि आजबाट निर्वाचन प्रक्रिया सुरु भएको हो ।
निर्वाचन समितिका अनुसार आज अपरान्ह ४ बजे मतदाता नामावली प्रकाशन गरेसँगै बार एशोसिएसनको निर्वाचन प्रक्रिया सुरु हुनेछ । १९ चैतमा हुने निर्वाचनवाट १ अध्यक्ष, ८ उपाध्यक्ष, १ महासचिव, १ कोषाध्यक्ष र १४ जना सदस्यसहित केन्द्रीय नेतृत्व चयन गर्ने समितिले जनाएको छ ।
निर्वाचन समितिका अनुसार आज अपरान्ह ४ बजे मतदाता नामावली प्रकाशन भए पछि १३ फागुन भित्र मतदाता नामावलीमा दाबी विरोध गर्न सकिनेछ भने सो प्रक्रिया आरम्भ भएको ५ दिन पछि १९ फागुनमा जाँचबुझ गरी २० फागुनमा अन्तिम नामावली प्रकाशन गर्ने गरी निर्वाचन तालिका सार्वजनिक गरिएको छ । -न्युज कारखाना
सम्बन्धित खवर
-
ताजा आश्विन ३, २०८१संविधान दिवसको भाषणमा पनि बालेनविरुद्ध ओली कटाक्ष: ‘…आगो लगाउँछु भन्नेहरूबाट बचाउनुहोला’
-
ताजा आश्विन ३, २०८१वरिष्ठ साहित्यकार गिरिराज शर्माको अन्त्येष्टि
-
ताजा आश्विन ३, २०८१नौं वर्षपछि खुलेको धरहरा चढ्न सर्वसाधारणको भिड
-
ताजा आश्विन ३, २०८१राउटे समुदायका एक युवकको मृत्यु, जनसंख्या १३४ मा झर्यो
-
ताजा आश्विन ३, २०८१सुनको मूल्यमा लगातार गिरावट, आज थप घट्यो , चाँदी पनि सस्तियो
Comments