
राजनीतिबाहेक साहसिक कार्यमा पनि रुची राख्छन् पुटिन
- फाल्गुन ९, २०७८ मा प्रकाशित
मस्को: रूसी राष्ट्रपति कार्यलयको प्रशासन क्रेमलिनले केही समयअघि निकै आकर्षक र मन्त्रमुग्ध हुने खालका तस्बिर सार्वजनिक गरेको थियो, जहाँ राष्ट्रपति भ्लादमिर पुटिन साइवेरियामा हाईकिङ र माछा मारेका देखिन्थे । आफ्ना नजिकका सहयोगीलाई कोभिड भएपछि केही समय हराएका पुटिन साहसिक कार्यमा पुनः देखिएका थिए ।
आफ्नो छोटो बिदा मनाउन उनी साईवेरिया रुमल्लिएका थिए । त्यसअघि उनी प्राइमोरी र अमुर क्षेत्रको भ्रमण गरेका थिए । उनलाई रक्षामन्त्री सर्जी सोइजुले साथ दिएका थिए ।
सार्बजनिक भएका तस्विरमा पुटिन एउटा नदिबाट माछा समाएको र हरियो मैदानमा हिडडुल गरेको देखिन्छन् ।
‘एक्सन–म्यान’ ले समेत चिनिने पुटिन भालुको शिकार गरेको र माछा समाएका तस्बिरहरु विश्वका विभिन्न सञ्चार माध्यममा छापिएका थिए ।
साइवेरियाको जंगलमा नयाँ गेट अपमा प्रकट भएका पुटिनसँग धेरै मानिस झुक्किएका थिए । ‘के उनी रसियाकै राष्ट्रपति पुटिन हुन त’ उनका तस्विर सार्वजनिक भएपछि केही रसियालीले टिप्पणी गरेका थिए ।
उनी दक्षिणी साइबेरियाको सयानो शुशेस्की नेचर रिर्जभमा घुमेको अनुमान गरिएको छ ।
भिडियो फुटेजमा पुटिनले भालुको गुफातर्फ औंला तेर्साएको देखिन्छन् ।त्यस्तै, पुटिनले आरक्षण क्षेत्रमा सवारी गुडाएको र साइवेरियाको नदीमा डुंगा खेलेको, माछा समातेको र पहडामा हिडेको देखिन्छन् ।
आरक्षमा गाडी चलाउन पुटिन झन्डै हरिणसँग ठोकिएका थिए । ‘त्यति ठूलो हरिण मैले अहिलेसम्म देखेको थिइन,’ एउटा भिडियोमा उनले भनेका छन् ‘उनीहरू यस्तो तीब्र गतिमा गुडेको पहिलो पटक प्रत्यक्ष देखे ।’
भिडियो फुटेजमा पुटिनको टेन्टसमेत देख्न सकिन्छ ।
तर, धेरै रसियालीका लागि चलाख र हरेक क्षेत्रमा निपूर्ण पुटिनका यस्ता साहसिक कार्य नौला होइनन् । यसअघि उनी नांगो छाती प्रदर्शन गर्दै चस्मामा सजिएर एक हातमा राइफल झुन्डाएर घोडाचढी गरेको दृश्यले संसारको ध्यान तानेको थियो । त्यस्तै, उनले लडाकु जेट उडाएका तस्बिरले धेरै व्यक्ति उनको वास्तविक हुलियासँग झुक्किएका थिए ।
उनका साहसिक कार्यले पुटिन राजनीतिमा मात्र होइन साहसिक कार्यमा पनि पोख्त छन भन्ने देखाउँछ ।
सेप्टेम्वरको मध्यतिर ६८ वर्षीय पुटिनले भौतिक भेटबाट अलग रहेका थिए । क्रेमलिनमा कोभिड महामारी फैलिएपछि उनी एकान्तवासमा थिए । त्यतिवेला पुटिनका सहयोगीमा कोभिड पोजेटिभ देखिएको थियो ।
सो समयमा मस्कोले नेतृत्व गरेको सुरक्षा गठबन्धनको एउटा वैठकलाई उनले भर्चुअल सम्बोधन गरेका थिए । पुटिनले रसियामा निर्मित स्पुतनिक भी खोप लगाएका छन् । -एजेन्सी

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments