
पर्यटकलाई निम्तो बाँड्न देश भ्रमणमा पोखरेली व्यवसायी
- फाल्गुन ९, २०७८ मा प्रकाशित
पोखरा: कोरोना संक्रमण केही मत्थर भएपछि पोखरेली पर्यटन व्यवसायी पर्यटक बाेलाउँदै हिँडेका छन् । पश्चिमाञ्चल होटल संघको अगुवाइमा उनीहरूले देशका प्रमुख शहरहरुमा पुगेर अन्तरक्रिया गर्ने र पर्यटकलाई आफ्ना प्याकेजबारे जानकारी दिएका छन् । बुटवलमा त्यहाँका व्यवसायीहरूसँग कुरा गर्दै पोखरेली व्यवसायीले दुई सहरबीच पर्यटक आवागमनमा सहजीकरण गर्न आग्रह गरे ।
‘विशेषतः यातायातको कनेक्सनमै जोड छ । बुटवल पोखरा सडकमा अलि बढी सास्ती छ,’ होटल संघ पोखराका पुर्व अध्यक्ष विकल तुलाचनले भने, ‘हवाइ सुविधा पनि खासै छैन । त्यसैले कनेक्सनमा बढी फोकस गरिएको छ ।’
कोभिडका कारण सबै क्षेत्रको पर्यटन थलिएकोले तत्काल आशातित सुधार कठिन हुने उनले बताए । ‘पोखरा मात्र होइन, विश्वकै पर्यटन सुस्ताएको छ । केही विशेष इभेन्टहरू तय गरेर आन्तरिक पर्यटकमार्फत चहलपहल बढाउनुपर्छ,’ उनले थपे, ‘एउटा सहरका नागरिकलाई अर्को सहरमा लैजाने र उनीहरूको अपेक्षाअनुसारका इभेण्ट सन्चालन गर्ने कुरामा हामी सहमत छौं ।’
टोली बुटवलबाट भैरहवा पुगेको छ । त्यहाँबाट हेटौंडा जाने र वीरगञ्ज, चितवनमा अन्तरक्रिया गरेपछि पोखरा फर्किने संघले जनाएको छ । संघले दुई दशकदेखि ‘जाउँ है पोखरा’ अभियान सन्चालन गर्दै आएको छ । संघका अध्यक्ष लक्ष्मण सुवेदीले छिटै पर्यटन क्षेत्र सुधार हुने अपेक्षाले कोभिडकै बीचमा पनि कार्यक्रमलाई निरन्तरता दिएको बताए । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments