यस्ता छन् बलिउड अभिनेत्री कंगना रनावतसम्बन्धी रोचक तथ्य
- फाल्गुन ८, २०७८ मा प्रकाशित
काठमाडौं: बलिउड अभिनेत्री कंगना रनावत अभिनयमा जति अब्बल छिन्, उनको बोल्ने शैली उत्तिकै कठोर छ । सामाजिक सञ्जालमा सक्रिय यी अभिनेत्री चाहे राजनीतिक होस् या सामाजिक, हरेक विषयमा बोलेर विवाद र चर्चामा आइरहन्छिन् । कंगनाका देखिएका यी कुरा सबैलाई थाहा भएकै हो । तर उनका केही नदेखिएका कुरा छन्, जो कमैलाई थाहा छ ।
कंगना बाल्यकालदेखि नै द्रुत गतिमा बढ्ने स्वाभावकी थिइन् । त्यहीकारण उनका पिता उनलाई ‘लेडी डायना’ भनेर बोलाउँथे । कंगनालाई परिवारले मेडिकल पढ्नका लागि नयाँदिल्ली पठाएका थिए । तर उनले अभिनयका लागि पढाइ नै छोडिन् ।
उनी एक प्रशिक्षित कत्थक नृत्यांगना पनि हुन् । कंगना खाली समयमा पुस्तक पढ्न र संगीत सुन्न मन पराउँछिन् । कंगनाको मनपर्ने फिल्म ‘दिलवाले दुल्हनियाँ ले जाएंगे’ हो । उनी अनुभवी बास्केटबल खेलाडी पनि हुन् ।
उनी शाकाहारी अभिनेत्री हुन् । यही कारण उनलाई सन् २०१३ मा पेटाले ‘हटेस्ट भेजिटेरियन’को उपाधि दिएको थियो । अभिनेत्री शबाना आजमीपछि कंगना सबैभन्दा धेरै नेसनल अवार्ड जित्ने अभिनेत्री हुन् ।
कंगना ज्योतिषमा बढी विश्वास गर्छिन् । घरमा पाएको खाना मनपराउँछिन् । उनको मनपर्ने परिकारमा दाल, भात र तरकारी हो । बिदा मनाउन उनको मनपर्ने स्थान लन्डन, पेरिस र न्युयोर्क हो । कंगनाको मनपर्ने रंग कालो हो । -न्युज कारखाना
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१इटहरी बालग्राम दुर्घटना , ट्रिपरले ठक्कर दियाे , म्याजिकले किच्याे , संखुवासभाबाट श्रीमतीकाे उपचार गराउन आएका गुरूङ दम्पती इटहरीमा अस्ताए
-
ताजा मंसिर ९, २०८१माया घरको आठौँ वार्षिक साधारणसभाकाे तयारी सकीयाे : काेशीका अर्थमन्त्री मगरले उद्घाटन गर्ने, “एक इट्टा अभियान”लाई थप प्रभावकारी बनाइने
-
ताजा मंसिर ९, २०८१इटहरीकाे बालग्राममा म्याजीककाे ठक्करबाट श्रीमान श्रीमतीकाे मृत्यु
-
ताजा मंसिर ९, २०८१रवि लामिछानेलाई म्याद थपकालागि अदालत उपस्थित गराइँदै
-
ताजा मंसिर ९, २०८१पूर्व राज्यमन्त्री पदम राईको निधन
Comments