
प्रजातन्त्र दिवसमा चितवन कारागारका ११ कैदीको सजाय मिनाहा
- फाल्गुन ७, २०७८ मा प्रकाशित
चितवन: मन्त्री परिषद्को सिफारिसमा प्रजातन्त्र दिवसको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले देशभरका पाँच सय एक कैदीवन्दीको सजाय मिनाहा र १२ जनालाई आममाफी दिएकी छन् । राष्ट्रपति कार्यालयले कैदीबन्दीको सजाय मिनाहा तथा आममाफी दिएको सूचना शुक्रबार नै निकाले पनि कैदीवन्दीहररू आज प्रजातन्त्रको दिवसको दिन छुटेका हुन् ।
चितवन कारागारका ११ कैदीले पनि सजाय मिनाहा पाएका छन् । तीमध्ये सवारी ज्यान मुद्दाका पाँच (नवलपरासी पूर्वका दुई, चितवनका दुई र भारतीय एक) र कर्तव्य ज्यान मुद्दाका दुई (चितवन र मकवानपुरका एक एक) जना छन् ।
बहुविवाह मुद्दाका नवलपरासी पूर्वका एक, वन पैदावार चोरी निकासी मुद्दाका चितवनका एक र चोरीका मुद्दका दुई (गोर्खा र धादिङका एक एक) जनाले सजाय मिनाहा पाएका चितवन कारागारका जेलर कमल काफ्लेले जानकारी दिए ।
सरकारले हरेक वर्ष प्रजातन्त्र दिवसको अवसरमा बानी व्यवहारमा सुधार गरेका कैदीवन्दीको सजाय मिनाहा गर्ने गरेको छ । यससँगै चितवन कारागारमा अब तीन आश्रित बालिकासहित सात सय १९ कैदीबन्दी रहेका छन् । तीमध्ये ५५ महिला र ६ सय ६१ पुरुष कैदीवन्दी रहेका छन् । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments