एमसिसीबारे निर्णय लिन एकीकृत समाजवादीको स्थायी कमिटी बैठक
- फाल्गुन ७, २०७८ मा प्रकाशित
काठमाडाैं: एमसिसीबारे निर्णय लिन नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक बस्दैछ । बैठक बिहान ११ बजे बानेश्वरमा बस्ने प्रवक्ता जगन्ननाथ खतिवडाले जानकारी दिए ।
उनका अनुसार एमसिसी अध्ययन कार्यदलले केन्द्रीय सचिवालयमा बुझाएको प्रतिवेदनमाथि छलफल गरेर निष्कर्ष निकालिनेछ । सरकारले एमसिसी संसदमा टेबल गर्ने तयारी गरे पनि सत्तारुढ माओवादी केन्द्र र एकीकृत समाजवादी विराेधमा छन् ।
माओवादीले अहिलेकाे अवस्थामा एमसिसी अगाडि बढाउन नहुने निर्णय गरिसकेकाे छ । एकीकृत समाजवादीले भने आज निर्णय लिनेछ ।
आइतबार सत्ता गठबन्धनकाे बैठक बस्दैछ । प्रतिनिधि सभा बैठक पनि आइतबार नै तय भएकाे छ । -न्युज कारखाना
सम्बन्धित खवर
-
ताजा आश्विन ३, २०८१संविधान दिवसको भाषणमा पनि बालेनविरुद्ध ओली कटाक्ष: ‘…आगो लगाउँछु भन्नेहरूबाट बचाउनुहोला’
-
ताजा आश्विन ३, २०८१वरिष्ठ साहित्यकार गिरिराज शर्माको अन्त्येष्टि
-
ताजा आश्विन ३, २०८१नौं वर्षपछि खुलेको धरहरा चढ्न सर्वसाधारणको भिड
-
ताजा आश्विन ३, २०८१राउटे समुदायका एक युवकको मृत्यु, जनसंख्या १३४ मा झर्यो
-
ताजा आश्विन ३, २०८१सुनको मूल्यमा लगातार गिरावट, आज थप घट्यो , चाँदी पनि सस्तियो
Comments