
सुनलाई ‘भाग्यशाली’ मान्थे बप्पी, सुनकाे टिसर्ट उपहार पाएका थिए
- फाल्गुन ५, २०७८ मा प्रकाशित
काठमाडौं: बलिउडका लोकप्रिय गायक तथा संगीतकार बप्पी लहरीको लामो अस्वस्थता पछि मंगलबार राति निधन भयो । उनले ६९ वर्षको उमेरमा मुम्बईको क्रिटी केयर अस्पतालमा अन्तिम श्वास फेरे । बप्पी ओब्स्ट्रक्टिव स्लीप एपनिया(ओएसए) र रिकरेन्ट चेस्ट इन्फेक्सनबाट पीडित थिए ।
संगीत उद्योगमा बप्पीले अभूतपूर्व उपलब्धि हासिल गरे । तर, आफ्नो सांगीतिक करियरका अलावा उनी सुन प्रेमका कारण पनि चर्चामा आइरहन्थे । बप्पी सुनलाई भाग्यशाली मान्थे, त्यही कारण सुनलाई उनले कहिल्यै छोडेनन् । सुनको गहना लगाएर बप्पीले आफ्नो सिग्नेचर लुक सिर्जना गरे, जुन सदाका लागि सम्झनलायक बन्यो ।
एक अन्तर्वार्तामा बप्पीले सुनप्रति आफ्नो मोहलाई खुलाएका थिए। उनका अनुसार उनी अमेरिकन स्टार एल्विस प्रेस्लीको ठूलो फ्यान थिए । एल्विसलाई उनको हरेक प्रस्तूति पछि सुनको चेन लगाइदिने गरिन्थ्यो । त्यो समयमा बप्पी संघर्षको यात्रामा थिए । एल्विसलाई सुनको चेन लगाइदिएको देखेपछि उनले आफूले पनि सफलता पाएपछि धेरै सुनको चेन र गहना लगाउने वाचा गरेका थिए । उनले त्यो वाचा साँच्चै नै पूरा गरे । उनले शरीरमा सुनको गहना यति धेरै लगाए कि उनलाई भारतको ‘गोल्डमेन’को उपाधि नै दिइयो ।
उनी जहिल्यै गलामा कैयौं मोटा-मोटा चेन, औंलामा कैयौं औँठी लगाउँथे । यी गहना उनका लागि विशेष थिए । उनले गलामा जति चेन लगाए, ती चेनको आफ्नै नाम थियो । भगवानप्रति अथाह आस्था राख्ने बप्पीसँग चेनको नाम गणपति बप्पा, हरे कृष्णा, बालाजी, जय माँ दुर्गा राखेका थिए । उनले आमाबाट उपहारका रुपमा पाएको पहिलो चेनको नाम हरे कृष्णा राखेका थिए । उनीसँग सुनको ब्रासलेट र औँठीको कलेक्सन नै थियो ।
सुनको सौखिन बप्पीले पछिल्लोपटक सुनको टिसर्ट धनतेरसमा पाएका थिए । उनले यो टिसर्ट श्रीमतीबाट उपहार स्वरुप पाएका थिए ।
‘डिस्को डान्सर’ गायक बप्पीले सन् २०१४ मा भएको लोकसभा चुनावमा आफ्नो दाबेदारी प्रस्तूत गरेका थिए । उम्मेद्वारी दर्ताको समयमा आफ्नो सम्पत्ति र सुनचाँदीको विवरण पनि बुझाएका थिए । त्यो समयमा उनले विवरणमा ७ सय ५२ ग्राम सुन, ४ किलाे ६३ ग्राम चाँदी उल्लेख गरेका थिए । बप्पी २० करोड सम्पत्तिका मालिक थिए ।
बप्पीले बलिउडमा करिब ४८ वर्षसम्म आफ्ना गीतका कारण दर्शकको मन जिते । उनले करिब ५ सय फिल्ममा ६ हजार बढी गीत कम्पोज गरे र त्यति नै गीत पनि गाए । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments