•  ३ आश्विन २०८१, बिहीबार
  •  10:41:33 PM

लागूऔषधसहित युवक पक्राउ

- फाल्गुन ५, २०७८ मा प्रकाशित



सर्लाही: सर्लाही प्रहरीले लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । नेपाल-भारत सीमास्थित मलंगवा नगरपालिका-८, बाट चेक जाचँका क्रममा  लागूऔषधसहित प्रहरीले हरिपुर नगरपालिका–६, का २० वर्षीय रवीकुमार साहलाई पक्राउ गरेको हो । साह लागूऔषध लिएर अटोमा नेपालतर्फ आउँदै थिए । शंका लागेर चेकजाँच गर्दा उनकाे साथबाट लागूऔषध बामद भएकोे जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको हो । 

प्रहरीका अनुसार साहको साथबाट नाईट्राभेट ट्याब्लेट ३० पत्ता (९०० वटा), एक बोटल कफ-रेक्स र एक बोटल डाईलक्स–डिसी बरामद भएको हो । पक्राउ परेका साहविरुद्ध कारबाही अगाडि बढाइकाे जिल्ला प्रहरी कार्यलयका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए । 

दुई स्थानमा आगलागी

जिल्लाका दुई स्थानमा आगलागी भएकाे छ । हरिपुर नगरपालिका-३, फरहदवा निवासी राधेश्याम ठाकुरले सञ्चालन गरेको दाल उद्याेग र बागमती नगरपालिका-४, निवासी देवराज सिङतानको घरमा आगलागी भएको हाे ।

प्रहरीका अनुसार बुधबार साँझ विद्युत सर्ट भएर आगलागी हुँदा उद्याेगमा रहेकाे एक एउटा मेसिनसहितका सामग्री नष्ट हुँदा ५ लाख ४० हजारको क्षति भएकाे छ ।

त्यस्तै, साँझ सिङतानको घरमा आगलागी भएकाे छ । आगलागीबाट अन्नपात, लत्ताकपडा जलेर नष्ट भएको छ । -न्युज कारखाना

Comments

सम्बन्धित खवर