
सोलु कोरिडोर प्रसारण लाइन सञ्चालनमा
- फाल्गुन ३, २०७८ मा प्रकाशित
उदयपुर: राष्ट्रिय गौरवको योजना सोलु कोरिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ । लामो समयदेखि त्यहाँ उत्पादन हुँदै आएको विद्युत खेरा गइरहेकोमा सोमबारदेखि राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ ।
सोलुखोला जलाधार क्षेत्रका जलविद्युत आयोजनाहरूबाट उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह गर्न निर्माण भएको प्रसारण लाइन करिब साढे तीन वर्ष ढिला गरी सञ्चालनमा आएको हो ।
एलाइमेन्ट परिवर्तन गर्न माग गर्दै साढे तीन वर्षदेखि उदयपुरको कटारी नगरपालिका–४, मरुवावासीको अवरोधपछि सर्वोच्च अदालतले स्थानीयवासीलाई मुआब्जा लिएर काम गर्न दिनु भनि आदेश दिएपछि निर्माण सम्पन्न भएको हो ।
प्रसारण लाइन निर्माणमा भएको ढिलाइका कारण राष्ट्रिय प्रसारण लाइनमा जोडिन नसक्दा २० माघ २०७६ देखि व्यावसायिक उत्पादन थालेको सोलुखोला जलविद्युत् आयोजनाको २३ दशमलव पाँच मेगावाट विद्युत् मध्ये चार दशमलव पाँच मेगावाटबाहेक सबै बिजुली खेरा गइरहेको थियो ।
सोलुखुम्बुको तिङ्लादेखि सिराहाको मिर्चैयासम्म आयोजनाको कुल लम्बाइ ८९ दशमलव पाँच किलोमिटर लामो प्रसारण लाइनमा पर्ने ३०२ वटा टावर पर्दछ । प्रशारण लाईनम पर्ने रुख हटाउने काम सकेर विद्युत् प्रवाह ‘टेस्टिङ’ गरि सोलु कोरिडोर डबल सर्किट प्रसारण लाइन व्यावसायिक प्रसारण थालिएको आयोजना प्रमुख जनार्दन गौतमले जानकारी दिए ।
२५ सेप्टेम्बर २०१६ मा ३० महिना भित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भई निर्माण थालिएको यो आयोजनाको काम ३१ डिसेम्बर २०२१ मा सक्ने गरि आठौँ पटक म्याद थप गरिएको थियो ।
आयोजना क्षेत्रमा उत्पादित विद्युत् बाहिर लैजान १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण गरिएको भए पनि स्थानीयवासीको बारम्बार अवरोधका कारण समयमा नै सम्पन्न हुन नसकेको हो ।
कटारी नगरपालिका–४ मरुवा, सिम्ले, बर्मझियाका २३ घर परिवारले प्रसारण लाइनको एलाईमेन्ट परिर्वतनको माग गर्दै अवरोध गरेका थिए ।
चैत २०७२ चैतमा भारतीय कम्पनी मोहन इनर्जी कम्पनी प्रा.लिसँग विद्युत प्राधिकरणले यो प्रसारण लाइन निर्माणको ठेक्का सम्झौता गरेको थियो ।
यो प्रसारण लाइन नेपाल सरकार तथा प्राधिकरणको लगानी र भारतीय एक्जिम बैंकको सहुलीयतपूर्ण ऋणमा निर्माण भएको हो । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments