
घडेरी सम्याएको माटो थुपारेर ग्रामिण सडकमा अवरोध
- फाल्गुन ३, २०७८ मा प्रकाशित
खोटाङ: खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा घडेरी सम्याएको माटो थुप्रोले ग्रामिण सडक छेकिएको छ । हलेसी तुवाचुङ नगरपालिका-१ बाहुनीडाँडा जयराममा घडेरी सम्याउँदा निस्किएको माटोको थुप्रोले जयराम-गोपीटार-गुर्दुम, निङ्लाम-झापा–दाम्ली सडक छेकिएको हो । जयरामका एक स्थानीयको घडेरी सम्याएको माटो सो सडकको जिरो प्वइन्टमा थुपारेर सडक पुरिएको बाहुनीडाँडाका वडाध्यक्ष रुद्र राईले बताए ।
जयराम-गोपीटार-गुर्दुम, निङ्लाम-झापा-दाम्ली सडकको जिरो प्वइन्ट स्थानीय मुनाल कार्कीको जग्गामा पर्छ जुन मध्यपहाडी लोकमार्गकै किनारामा रहेको छ । तर हाल सो सडकलाई बन्द गर्ने/गराउने नियतकै साथ सडकको जिरो प्वइन्टमा माटो थुपारिएको स्थानीय बताउँछन् ।
जयरामस्थित दुधकोसीमा स्थायी पुल बन्नुअघि बेलिब्रिज सञ्चालन गर्ने गरिएको थियो । त्योबेला सोही कच्ची सडकबाट बेलिब्रिजमा पुगिन्थ्यो । सो सडकलाई नदीको गिटी बालुवा निकासीका लागि पनि उपयोग गरिएको थियो । २०६९ सालतिर सोही सडकलाई दुधकोसी किनारबाट गोपीटार–गुर्दुम, निङ्लाम–झापा–दाम्लीसम्म विस्तार गरिएको वडाध्यक्ष राईले बताए ।
हाल हलेसी तुवाचुङ नगरपालिकाको बाहुनीडाँडा र डिकुवाका स्थानीयले उपयोग गर्दै आएको सडकको मुखमा गत माघ अन्तिम साता माटो थुपारेर अवरोध गरिएको हो । थुपारिएको माटो हटाएर सडक खुलाइदिन भन्दै स्थानीय टेकमान राई, रविन राई, लगन राई, सिर्जना राई, चन्द्रबहादुर राई लगायतको १० जनाको टोलीले २ माघमा नगरपालिकामा निवेदन दिएका छन् ।
उनीहरुले अवरुद्ध सडक तत्काल खुलाएर जयरामघुम्ती–गोपीटार–झापा–चंखेपु–कुर्ले सडक विस्तारका लागि समेत बजेट माग गरेका छन् । सो सडकलाई सञ्चालनमा ल्याउनका लागि वैकल्पिक उपायको खोजी सुरु गरिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए । -न्यूज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments