•  ३ आश्विन २०८१, बिहीबार
  •  4:08:30 AM

कास्कीमा साढे ४ वर्षभित्र ५७ हजार मतदाता थपिए

- फाल्गुन २, २०७८ मा प्रकाशित



पोखरा: कास्कीभित्र पछिल्लो साढे चार वर्षमा ५७ हजारभन्दा बढी मतदाता थपिएका छन् । २०७४ को स्थानीय निर्वाचनपछि गत २४ माघसम्म ५७ हजार १२९ मतदाता थप भएका छन् ।

२०७४ सालमै भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनपछि भने २६ हजार ४ सय ८८ मतदाता थपिएका छन् ।

योसँगै कास्कीमा अब दुई लाख ८१ हजार ९४० मतदाता कायम भएका छन् । सबैभन्दा धेरै पोखरा महानगरपालिकामा ३९ हजार ६३८ मतदाता थप भएका छन् भने सबैभन्दा कम रुपामा तीन हजार ३२९ जना थप भए ।

यस्तै, माछापुच्छ्रेमा चार हजार १६७, मादीमा पाँच हजार २०० र अन्नपूर्णमा चार हजार ७९५ मतदाता थपिएका जिल्ला निर्वाचन कार्यालय कास्कीले जनाएको छ ।  थपिएका मतदाता माथी दावी विराेधकाे समय अझै बाँकी रहेकाे कार्यालयका सूचना अधिकारी रुद्र न्याैपानेले जानकारी दिए । -न्युज कारखाना

Comments

सम्बन्धित खवर