किम जोङ इलको जन्म दिनमा फूल नफुलेपछि मालीलाई कारबाही
- फाल्गुन २, २०७८ मा प्रकाशित
प्योङयाङ: उत्तर कोरियाका तत्कालिन तानाशाह किम जोङ इलको जन्म दिनको पूर्वसन्ध्यामा उनको नाममा राखिएको एउटा फूल नफुलेको भन्दै दुई जना मालीलाई सजाय दिइएको छ । किम जोङ इलको नाममा राखिएको रातो फूल किमजोङइला नफक्रिएको भन्दै उनीहरुलाई ६ महिना श्रम शिविरमा पठाइएको हो ।
उत्तर कोरियाले हरेक १६ फेब्रुवरीमा इलको जन्म दिन मनाउँछ । यस दिनलाई उत्तर कोरियामा डे अफ साइनिङ स्टारसमेत भनिन्छ । र, यसलाई देशकै सबैभन्दा ठूलो पर्वको रुपमा प्रचार गरिन्छ ।
परम्परागत रुपमा उत्तर कोरियाली सहरका सडकहरुमा इलको जन्म दिन अगाडि रातो फूलले सजाइन्छ । तर, यो वर्ष किमजोङइला इल फूल हुर्काउन ग्रीनहाउसमा उचित तापक्रम र आद्रता मिलाउन नसकेको मालीमाथि आरोप छ । उत्तरी प्रान्त रयाङग्याङको सामसु कन्ट्रीस्थित एउटा फार्मका प्रबन्धक पक्राउ परेका छन् । -एजेन्सी
सम्बन्धित खवर
-
ताजा मंसिर १०, २०८१उपनिर्वाचन प्रचारमा तोकिएको भन्दा बढी सवारी साधन प्रयोग गरे कारवाही
-
ताजा मंसिर १०, २०८१नेपालमा अब सुनचाँदीकाे मुल्य घटदै जाने
-
ताजा मंसिर १०, २०८१कञ्चनपुरकाे लालझाडीमा जङ्गली हात्तीको आतंक
-
ताजा मंसिर १०, २०८१उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन
-
ताजा मंसिर ९, २०८१इटहरी बालग्राम दुर्घटना , ट्रिपरले ठक्कर दियाे , म्याजिकले किच्याे , संखुवासभाबाट श्रीमतीकाे उपचार गराउन आएका गुरूङ दम्पती इटहरीमा अस्ताए
Comments