महाभियाेगपछि जबराकाे टिप्पणी : दलहरूले संवैधानिक प्रक्रिया सुरु गरे, अब दुई तिहाइ पुर्याउन्
- फाल्गुन २, २०७८ मा प्रकाशित
काठमाडाैं: संसद सचिवालयमा महाभियाेग प्रस्ताव दर्तासँगै निलम्बननमा परेका प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर जबराले दुई तिहाइ पुर्याएर आफूलाई हटाउन भनेका छन् ।
सत्ता गठबन्धनका सांसदले आइतबार जबराविरुद्ध महाभियाेग प्रस्ताव दर्ता गरेसँगै गाडीकाे झन्डा* हटाएर निवास फर्किएका उनले निकटस्थसँग कुरा गर्दै भने, ‘दलहरूले संवैधानिक प्रक्रिया सुरु गरे, अब दुई तिहाइ पुर्याउन् ।’
संसदबाट महाभियाेग पारित गर्न दुई तिहाइ चाहिने भए पनि सत्ता गठबन्धनसँग त्याे सिट छैन । प्रमुख प्रतिपक्षी एमालेबिना महाभियाेग पारित हुँदैन ।
एमालेकाे आइतबारकाे सचिवालय बैठकले महाभियाेग प्रस्तावविरुद्ध प्रतिवाद गर्ने प्रारम्भिक टिप्पणी गरेकाे थियाे । एमाले संसदीय दलकाे बैठक आज बस्दैछ । -न्युज कारखाना
सम्बन्धित खवर
-
ताजा आश्विन ३, २०८१संविधान दिवसको भाषणमा पनि बालेनविरुद्ध ओली कटाक्ष: ‘…आगो लगाउँछु भन्नेहरूबाट बचाउनुहोला’
-
ताजा आश्विन ३, २०८१वरिष्ठ साहित्यकार गिरिराज शर्माको अन्त्येष्टि
-
ताजा आश्विन ३, २०८१नौं वर्षपछि खुलेको धरहरा चढ्न सर्वसाधारणको भिड
-
ताजा आश्विन ३, २०८१राउटे समुदायका एक युवकको मृत्यु, जनसंख्या १३४ मा झर्यो
-
ताजा आश्विन ३, २०८१सुनको मूल्यमा लगातार गिरावट, आज थप घट्यो , चाँदी पनि सस्तियो
Comments