पत्र बुझेर सर्वाेच्चबाट बाहिरिए जबरा
- फाल्गुन १, २०७८ मा प्रकाशित
काठमाडौं: आफूविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको जानकारी पत्र बुझेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वाेच्च अदालतबाट बाहिरिएका छन् ।
कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)का सांसदले आइतबार बिहान प्रधानन्यायाधीश जबराविरुद्ध संघीय संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका थिए । यसबारे सचिवालयले जबरालाई पत्रमार्फत जानकारी गराएको हो ।
संसद सचिवालयबाट आफूविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको सूचनासहितको पत्र प्राप्त भएपछि जबरा सर्वाेच्चबाट बाहिरिएका हुन् ।
महाअभियोग प्रस्ताव दर्ता भएको जानकारी पाएसँगै जबरा प्रधानन्यायाधीशबाट निलम्बित भएका छन् । -न्युज कारखाना
सम्बन्धित खवर
-
ताजा आश्विन २, २०८१प्रचण्डको दावी : देशका लागि केही गर्ने त माओवादी नै रहेछ भन्ने जनताले बुझ्न थालेका छन्
-
ताजा आश्विन २, २०८१रास्वपाले आज महाधिवेशनको मिति र ठाउँको टुङ्गो लगाउने
-
ताजा आश्विन २, २०८१इटहरी २१ करोडको लागतमा आधुनिक सभा हल निर्माण सुरु
-
ताजा आश्विन २, २०८१पश्चगामी सोंचसहित आएका संविधान संशोधनका तर्क स्वीकार्य छैन : राष्ट्रिय सभा अध्यक्ष
-
ताजा आश्विन २, २०८१रहेनन् ‘मिस्टर काठमाडौं’ विजेता राई, पाँच दिनअघि मात्र जितेका थिए उपाधि
Comments