
मोहन बैद्य भन्छनः एमसीसीमा एमाले र माओवादीको मौन समर्थन आपत्तिजनक
- माघ २९, २०७८ मा प्रकाशित
काठमाडौं: नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन बैद्य किरणल अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई संसदमा लैजाने बिषयमा सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहित प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको भुमिका प्रति आक्रोश ब्यक्त गरेका छन ।
शुक्रवारको कांग्रेस केन्द्रिय कार्यसम्पादन बैठकले एमसीसी पारित गर्नका लागि सर्वसम्मत निर्णय गरेको तथा एमसीसी परियोजनाकी उपाध्यक्ष फातिमा सुनार र अमेरिकी बिदेश सहयाक मन्त्री डोनाल्डले दबाब दिएको बिषयमा मौन बसेको भन्दै एमाले र माओवादी केन्द्रसँग आक्रोशित भएका हुन ।
आगामी १६ फागुन भित्र संसोधन बिना नै एमसीसी पारित गर्नका लागि उपाध्यक्ष सुनार र सहायक बिदेश मन्त्री लुले सार्वजनिक रुपमा दबाब बढाएपछि महासचिव बैद्यले त्यसको बिरोधमा डटेर सामना गर्नुपर्नेमा पनि जोड गरेका छन । ‘अमेरिकी साम्राज्यवादको यस प्रकारको प्रत्यक्ष हस्तक्षेप हुँदा पनि त्यसको प्रतिवाद गर्नुको साटो नेपाली काङ्गेसको केन्द्रीय कार्यसमितिको बैठकले एकमतले एमसीसी परियोजनालाई अनुमोदन गर्ने निर्णय गर्नुका साथै अमेरिकाले हाम्रै अनुरोधमा दिएको र हामीले नै अनुमोदन गर्छौ भनी प्रतिबद्धता जनाएको स्थितिमा अमेरिकी सरकारले परियोजनाबारे के हुँदैछ भनेर सोध्नु सामान्य कुरा हो भनी नेकाका नेता प्रकाशशरण महतले अमेरिकी साम्राज्यवादको तावेदारी गरेका छन्,’ बैद्यले आक्रोश ब्यक्त गर्दै भनेका छन, ‘एमाले र माकेले यसबारे अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया नदिएर अमेरिकी हस्तक्षेपप्रति मौन स्वीकृति जनाएका छन्, यो नेपालका शासक वर्गको अमेरिकी साम्राज्यवादप्रतिको चरम दलालीको अभिव्यक्ति हो ।’ बैद्यका अनुसार सुनारले एमसीसी परियोजना संसोधन नहुने तथा १६ फागुन भित्र पारित गर्नै पर्ने भन्दा पछिल्लो समयमा अमेरिकाले दबाब बढाउनु स्वतन्त्र र सार्वभौम मुलुक माथी हस्तक्षेपसमेत हो ।

क्रान्तिकारी माओवादीले अमेरिकी साम्राज्यवादको सो प्रकारको प्रत्यक्ष हस्तक्षेप र संसदवादी राजनीतिक पार्टीहरुले गरेको अमेरिकी साम्राज्यवादको नाङ्गो दलालीको तीव्र भत्र्सना र घोर विरोध गरेको बैद्यले जनाएका छन । देशको राष्ट्रिय स्वाधीनतामाथि गम्भीर खतरा मडारिइरहेको वर्तमान स्थितिमा एमसीसी परियोजनालाई खारेज गराउन र देशको सार्वभौमिकताको रक्षा गर्नका लागि सबै क्षेत्रबाट आवाज बुलन्द गर्नुका साथै सङ्घर्ष अगाडि बढाउन महासचिव बैद्यले प्रेस बिज्ञप्तिमार्फत आब्हानसमेत गरेका छन् । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments