
पूर्वराष्ट्रपति ट्रम्प अझै पनि कोरियाली तानाशाह किमसँगको सम्पर्कमा हुन्छन्
- माघ २८, २०७८ मा प्रकाशित
न्युयोर्क: अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफू कोरियाली तानाशाह किम जोङ उनसँगको सम्पर्कमा रहेको आफ्ना साथीहरुलाई बताएका छन् । पूर्व राष्ट्रपतिबारे लेखिएको नयाँ पुस्तक ट्रम्प दी कन्फिडियन्स मेन मा लेखकले यस्तो खुलासा गरेकी हुन् ।
किम ट्रम्पको सम्पर्कमा रहेका एक मात्र विदेशी नेता रहेको हुन सक्ने पत्रकार तथा लेखक म्यागी ह्याबरम्यानले बताएकी छन । तर, उनले यो पनि भनेकी छिन कि दाबी प्रमाणित गर्न नसकिने वा सत्य नहुन पनि सक्छ ।
दुई जनाबीच पत्र आदान प्रदान गरेपछि आफू र किम ‘प्रेममा परेको’ ट्रम्पले सन् २०१८ मा बताएका थिए । तर, कोरियाली प्रायद्धीप निशस्त्र पार्ने बारेमा सम्झौता गर्न उनीहरु बिफल भएका थिए ।
आणविक र मिसाईल कार्यक्रमका कारण अन्तर्राष्ट्रिय समुदायबाट एक्लिदै गएको उत्तर कोरियालाई मनन गर्दा पूर्वराष्ट्रपति ट्रम्प र किमबीचको संवादलाई अत्यधिक अस्वभाविक मानिनेछ । राष्ट्रसंघको संकल्प प्रस्ताव उल्लंघन गर्दै उत्तर कोरियाले व्यालिस्टिक मिसाइल परीक्षण गरेको छ ।
‘हामीले जानेअनुसार यो सम्बन्धमा ट्रम्पको उन्माद (लत) थियो’ न्युयोर्क टाइम्सका पत्रकारसमेत रहेकी ह्याबरम्यानले सीएनएनसँग भनिन् ।
‘ट्रम्पले के भन्छन र वास्तवमा के भइरहेको छ भन्ने कुरा हमेशा कन्सर्टमा हुन्न । तर, उनले किमसँग पत्र व्यवहार वा छलफल कायम राखेको ट्रम्पले मानिसहरुलाई बताउँदै आएका छन्,’ उनले भनेकी छिन ।
उत्तर कोरियाको आणविक कार्यक्रमलाई लिएर पूर्वराष्ट्रपति ट्रम्पले किमसँग दुई पटकसम्म शिखर वार्ता गरेका थिए, यद्यपी दुबै वार्ता बिना निस्कर्ष टुंगिएका थिए ।
राष्ट्रपतिहरुको रेकर्ड अभिलेख संरक्षणको व्यवस्थान गर्ने सरकारी निकाय नेसनल अर्काइम्सले गत महिना ट्रम्पबाट पुनः प्राप्त भएका १५ बक्स पत्रमा किमबाट प्राप्त पत्राचारलगायतका कागजात छन् ।
ह्वाइटहाउस छोड्ने वित्तिकै ती कागजपत्र नेसनल अर्काइम्सलाई फर्काउनु पथ्र्यो । तर, त्यसलार्ई फ्लोरिडास्थित उनको आवासमा लगिएको थियो ।
वासिंगटन पोस्टका अनुसार ह्वाईटहाउसमा ट्रम्पको रेकर्ड ह्यान्डलिङबारे जाँच गर्न नेसनल अर्काइभ्सले कानुन मन्त्रालयलाई निर्देशन दिएको थियो । तर, यसबारे कानुन मन्त्रालयले कुनै टिप्पणी नगरेको बीबीसीले जनाएको छ ।
यसैबीच, तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभको एउटा समितिले ट्रम्पका कागजातमाथि छानविन सुरु गरेको जनाइएको छ । एजेन्सी

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments